जनवरी ३०- कुवेतको अल्घानिम सेक्युरिटी कम्पनीमा बिगत २००६ देखि कार्यरत कास्की जिल्ला लेखनाथ नगरपालिका भण्डारढिक निवासी अन्दाजी ४६ बर्षिया इमान बहादुर तामांङको हिजो जनवरी २९ तारिख शुक्रबार असमायिक निधन भएको छ |
परिवारमा श्रीमती एक छोरा र एक छोरि रहेका तामाङ गत बिहिवार २८ तारिख बेलुका ९ बजे तिर डिउटी कै समयमा बिरामी भएपछी साथीहरुले उपचारको लागि जाहारा अस्पताल पुराएको थियो | डाक्टरको जानकारी अनुसार स्वास्थ्यमा केहि सुधार आएको बताए पछी हिजो बिहान ४ बजे अस्पतालबाट डिस्चार्जभइ कोठामा फर्केका तामाङ ९ बजे खाना खाएर ओछ्यानमा सुतेका उनि सुतेकै ठाउँमा बेलुका ४ बजे मृत अवास्थामा भेटिएको सोहि कम्पनीमा कार्यरत Security supervisor जिनेत थिंङले बताए ।
मृतकको शव अहिले फर्वानिया अस्पतालमा राखिएको छ भने कम्पनीले नेपाली दुतावास संग समन्वय गरेर सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरि शवलाई छिटै नेपाल पठाउने जनाए |