पुनर्निर्माण प्राधिकरणले काम गर्न सकेन


बिनाकर्मचारी कसरी काम गर्न सकिन्छः प्राधिकरणका कामु सचिव
26012016090630Sushil_Gyawali_03-1000x0-1000x0माघ १२, २०७२- भूकम्पबाट क्षतिग्रस्त सम्पूर्ण भौतिक संरचनाहरूको तत्काल पुनर्निर्माण थाल्न महत्त्वका साथ गठन गरिएको पुनर्निर्माण प्राधिकरणले जनशक्ति अभावले काम सुरु गर्न सकेको छैन । प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवालीलाई नियुक्त गरेको एक महिना भइसक्ता पनि सरकारले कर्मचारी उपलब्ध नगराउँदा प्राधिकरणले काम सुरु गर्न नसकेको हो ।
आवश्यक जनशक्ति अभावका कारण प्राधिकरणले भूकम्पमा क्षतिग्रस्त भएका सरकारी भवन, पुरातात्त्विक सम्पदा र ५ लाखभन्दा बढी निजी घरको पुनर्निर्माणको तयारी नै गर्न नसकेको जानकारी सम्बन्धित अधिकारीले दिए ।
मन्त्रिपरिषद्ले प्राधिकरणका लागि २ सय ८ जनाको दरबन्दी स्वीकृत गरेको छ, जसमा सचिव एक जना, सहसचिव १३ जना, उपसचिव २५ जना, शाखा अधिकृत १ सय २६ जना, चालक र कार्यालय सहयोगी गरी श्रेणीविहीन ४४ जनाको दरबन्दी छ ।
तर, सरकारले प्राधिकरणले सहसचिव मधुसुदन अधिकारीलाई कामु सचिव बनाएर पठाउनुबाहेक अरू कर्मचारी पठाएको छैन । अधिकारीले कर्मचारीको अभावमा प्राधिकरणले काम सुरु गर्न समस्या परिरहेको जानकारी दिए । ‘बिनाकर्मचारी के काम होला ? प्राधिकरणले केही काम सुरु गर्न पाएको छैन,’ उनले भने ।

कामु सचिव अधिकारीका अनुसार स्वीकृत दरबन्दीअनुसार कर्मचारी पठाइदिन प्राधिकरणले सामान्य प्रशासन मन्त्रालयलाई ताकेता गरिरहेको छ । यसैबीच सामान्य प्रशासनले आइतबार २१ जना कर्मचारी प्राधिकरणमा पठाउने निर्णय गरेको छ ।

सामान्य प्रशासनका प्रवक्ता राजेन्द्र पौडेलले एक सहसचिव, ५ उपसचिव र १५ शाखा अधिकृतलाई प्राधिकरणमा काजमा पठाउने निर्णय भएको जानकारी दिए । प्राधिकरणमा अस्थायी दरबन्दी भएकाले कर्मचारीहरूको पद सामान्य प्रशासनको अतिरिक्त समूहमा राखी काजमा पठाइएको हो । प्राधिकरणमा पठाइएका सहसचिवमा कालीप्रसाद रिजाल छन् ।

प्राधिकरणका कामु सचिव अधिकारीले भने सामान्यले २१ जना कर्मचारी पठाउने निर्णय गरेको आफूले सुनेको तर एक जना पनि आइनपुगेको जानकारी दिए । उनका अनुसार प्राधिकरणलाई काम सुरु गर्न २१ जना कर्मचारी धेरै अपुग हुन्छ ।(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.