तमु समाज कुवेतको ल्होसार तथा माङी त्हे भव्यताका साथ सम्पन्न (फोटो फिचरसहित)


सुरेश गुरुङ, कुबेत

IMG_0264२३ जनवरी २०१६ । कुवेतलाई आफ्नो कर्मथलो बनाउँदै आएका कुवेतवासी तमु समुदायको सकृय जातिय संस्था तमु समाज कुवेतले आफ्नो महान पर्व तमू ल्होसार तथा माङी त्हे (चेलीबेटी भोज) कार्यक्रम हिजो २२ जनवरी  २०१६ का दिन भव्य रुपमा सम्पन्न गरेको छ ।

तमु (गुरुङ) जातीको भाषा, भेषभुषा, कला, सस्कृति र पहिचानको जगेर्ना गर्दै भईपरी आउने कठिन परिस्थितिमा एकअर्कालाई सहयोग गर्ने र परिचयात्मक बातावरणको सिर्जना गरी सामाजिक सदभाव बढाउने र अन्य नेपाली समाजसँग सहकार्य गर्दै अगाडि बढ्ने उद्देश्य लिएर स्थापना भएको तमु समाज कुबेतले स्थापना देखी नै तमू ल्होसार मनाउँदै आएको थियो भने माङी त्हे (चेलीबेटी भोज) कार्यक्रमलाई पनि निरन्तरता दिएको छ ।

IMG_0214कुवेतको हिजुल कबड एरियाको सुन्दर हलमा मनाईएको ल्होसार चेलीबेटी भोज कार्यक्रममा दर्शकहरुको खचाखच उपस्थिती रहेको थियो । समाजका कोषाध्यक्ष नन्द घले र सदस्य यम तमु र रन्जना तमुस्योले संयुक्तरुपमा सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष्य खोप बहादुर तमुको सभापतित्व रहेको थियो भने जनजाती महासँघ कुवेतका महसचिव बसन्त थापामगरको प्रमुख आतिथ्यता रहेको थियो । यसैगरी बिशेष अतिथिहरुमा नेपाली राजदुताबास कुवेतका दित्तिय सचिव भोगेन्द्र लिङदेन, एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङ, मध्यपूर्व उप-संयोजक धर्मराज गिरी, माउन्ट एभरेष्ट स्पोर्टिङ क्लवका अध्यक्ष जितेन थिङ लगायत बिभिन्न सँघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजिबी, पत्रकार तथा कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

1सभापति, प्रमुख अतिथी र बिशेष आथितीहरुले संयुक्तरुप द्दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्दै नेपालको राष्ट्रिय गान र तमु राष्ट्रिय गित बजाई कार्यक्रमलाई मुर्त रुप दिईएको थियो भने समाजका सचिव सुरेश गुरुङ्ले स्वागत मन्तव्यद्वारा उपस्थित पाहुना तथा अतिथिगणलाई स्वागत गरेका थिए ।

ल्होसार पर्व धार्मिक परम्परा अनुसार (भेडा) बर्गको बिदाइ तथा प्र ल्हो (बादर) बर्गलाई स्वागत गर्दै पूजा पाठ अनी धार्मिक परम्परा अनुसार समाजका बरिष्ट सल्लाहकार मन तमुको हातबाट रिपा लगाइ स्याइ स्याइ गरिएको थियो ।

2कार्यक्रमलाई ३ चरणमा संचालन गरिएको गरिएको थियो । दोस्रो चरणको कार्यक्रम सम्पूर्ण उपस्थित पाहुनाहरुलाई नि:शुल्क जलपान र स्वादिष्ट भोजन सेलरोटी अचार चनाको तरकारी, चिउरा खसीको मासु खाजा नास्ताले स्वगात गर्दै तमु जातिको परम्परागत रूपमा खेल्दै आएको खेल मुख्य आकर्षणहरुको रूपमा छेलो हान्ने, डोरी तान्ने हाडी, म्युजिकल चियर र हाडी फोड्ने देखि लिएर साँस्कृतिक कार्यक्रम पनि रहेको थियो । छेलो हान्नेमा ३२ जना खेलाडीको सहभागिता थियो भने दोस्रो चरणकालागि ५ जना छानिन सफल भइ प्रतिस्पर्धा गर्दै पहिलो स्थान रन बहादुर रसाइली र दोस्रो स्थानमा दिल बहादुर गुरुङले हासिल गरेका थिए । आयोजकले छेलो खेलाडीका विजेता र उपविजेतालाई परम्परागत फेटा बाधेर अबिर र खादा ओढाई मेडल र ट्रफि वितरण गरेको थियो। यसैगरि डोरी तान्नेमा ७ समूहले सहभागिता जनाएका थिए जसमा आयोजक तमु समाज कुवेत, किरात राई यायोक्खा कुवेत, NYC टिम, आदिबासी जनजाती महासंग कुवेत, माउण्ट एभरेस्ट स्पोर्टिङ क्लव, तमु संस्कृतिक टिम र  तमाङ घेदुङ कुबेत टिम थियो ।IMG_0157 उक्त खेलमा NYC टिम बिजेता र उप विजेतामा आयोजक टिम तमु समाज कुवेतले हासिल गरेका थिए । यसै गरि मेजिकल चियरमा १२ जनाको सहभागितामा प्रथम स्थान पत्रकार तथा किरात राई यायोक्खाकी उपाध्यक्ष नैनकला राई प्राथन स्थानमा आउन सफल भएकी छन् भने हाडी फोर्नेमा १६ जनाको सहभागितामा दिपक लामा बिजेता भएका थिए । आयोजकले बिजेता र उपविजेता खेलाडीहरुलाई खादा ओढाई मेडल र ट्रफिले हौसलास्वरूप सम्मान गरेका थियो । अत्यन्तै आकर्षित छेलो हान्ने खेल समाजका सल्लाहाकार अमर गुरुङ र पत्रकार जय आलेले सम्पन्न गराएका थिए भने अन्य खेलहरु समाजका उपाध्यक्ष राजु गुरुङले सम्पन्न गराए ।

IMG_0057कार्यक्रममा तमू समाजको माइतीहरुको तर्फबाट संस्थाका बरिष्ट सल्लाहकारहरु अमर तमु , धन तमु , प्रेम तमु, अमृत तमुले तमूहरुको चलन अनुसर चेलिलाई माना चामल बन तरुल, सखरखन्ड, एक माना चामल भेटी, सेल रोटी जस्ता परिकारहरु ले चेलिहरु हरु लाई चेलीलाई कोशेली दिने र लिने स्वागत गरिएको थियो । भने सम्मान गर्ने क्रममा गत अक्टोबर २०१५मा तेस्रो रक्तदान कार्यक्रम र तेस्रो अधिवेशनमा सहयोग गर्ने समाजसेवी ब्याक्तित्वोहरु, कुवेतका ४ रै ओटा अनलाइन मिडियाहरु र कलाकार तथा विभिन्न तोवरले आर्थिक नैतिक र भौतिकरुपमा सहयोग गर्ने ब्याकतित्वोहरुलाई खदा ओढाई सम्मान गरेका थिए।

IMG_0083बाल्को उपस्थितिले खचाखच भरिएको हाल मा आन्तिम ५ बजे सम्मा अतिथि आउने क्रम रहेको थियो । भने कार्यक्रमलाई अतिनै भब्य सब्य बनाउन को लागि आफ्नो गुरुङ पहिचान र मौलिकता झल्काउने खालका नृत्य झाउरे,सालैज्यु, कौडा, सोरठी नृत्य गरी झनै ल्होसार लाई सुगन्ध भर्ने काम तमु समाज तमु संस्कृतिक फाटका अध्यक्ष गायक द्रोण गुरुङ कलकार बहिनी सोभा तमुस्यो र ममता तमुस्यो को एकल नृत्यले सबैलाई मनोरंजन दिलाएको थियो ।

3अन्तमा कार्यक्रमको समापन गर्दै अध्यक्ष खोप गुरुङ ले कार्यक्रममा उपस्थित भएर कार्यक्रम सफल पार्न हुने सम्पूर्ण सहयोगी कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्र-भलादमी, पत्रकार,खेलाडी, तथा कलाकारहरु सम्पूर्ण कुवेतवासी नेपाली दर्शकहरुलाई सबैलाई बिशेष धन्यवाद ब्यक्त गर्नु भएको थिए।

IMG_0314अन्त्यमा तमु सस्कृति झल्किने नृत्य र गीत हरु प्रस्तुत गरि भरपुर मनोरंजन साथ कार्यक्रम बेलुकी ९ बजे सम्पन्न भएको थियो भने कार्यक्रममा आउन जानको लागि नि:शुल्क यातायातको ब्याबस्था गरिएको ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.