सहमति नजिक पुगेका तीन दल र मधेसी मोर्चा फेरि टाढिए


Trio-Barta५ माघ, काठमाडौं । सहमतिको नजिक पुगेका प्रमुख तीन दल र मधेसी मोर्चाबीच एकाएक दुरी बढेको छ । अब तत्काल सहमतिको सम्भावना टरेको देखिएको छ ।पछिल्लो समय तीन दल र मधेसी मोर्चाले कार्यदल बनाएर सहमतिको प्रयास गरेका थिए । कार्यदलमा सहमतिको पाँच र छ बुँदे प्रस्ताव समते आदानप्रदान समेत भएको थियो ।
तर, सोमबार साँझ बसेको तीन दल र कार्यदलको बैठकमा प्रमुख तीन दल र मधेसी मोर्चार्ले एकअर्काको नियतमाथि प्रश्न उठाएका छन् र सहमतिको सम्भावना टाढिएको छ । सोमबार राति अबेरसम्म कार्यदलको बैठकमा तीन दलले शीर्ष बैठकको निष्कर्ष सुनाएपछि भनाभन भएको थियो । तराईमा दुई प्रदेश वा त्यस्तो भाव झल्कने सहमति हुन नसक्ने बताएपछि मधेसी मोर्चाका नेताहरु बैठकबाट उठेर हिँडेका थिए ।
आज १ बजे संसद बैठक बोलाइएको छ । त्यसअघि सहमतिको प्रयास समेत नहुने देखिएको छ । तीन दलीय कार्यदलका सदस्य एवं कांग्रेस नेता महेश आचार्यले अनलाइनखबरसँग भने-आज हाम्रो स्तरमा कुराकानी हुने टुंगो लागेको छैन ।’
मधेसी मोर्चाका कार्यदल सदस्य एवं रामसपा वरिष्ठ नेता रामनरेश रायले तीन दलले सहमति नै नचाहेको भन्दै वार्ताका लागि वार्ता नगर्ने बताए ।
नेताहरुका अनुसार अहिले शीर्ष स्तरमै सम्वाद गर्ने प्रयास भइरहेको पनि सफल भएको छैन ।
तीन दलले संविधान संशोधन पास गर्न सक्ने
मधेसी मोर्चासँग सहमति नभएपछि प्रमुख तीन दलमा संविधान संशोधन विधेयक पास गर्ने मत बलियो भएको छ ।
अब तीन दलले आजै संविधान संशोधन विधेयक पास गर्ने सम्भावना बढेको छ । संसदको आजको बैठकमा संविधान संशोधन विधेयक र त्यसमा परेको संशोधनमाथि दफावार छलफल हुनेछ ।
दलहरुबीच सहमति भएको भए मधेसी मोर्चालाई समेत मान्य हुने गरी संशोधन पास गर्ने तयारी थियो ।
तर, सहमति नभए सरकारले ल्याएको संशोधन विधेयक पास हुने सम्भावना बढेको छ । जसलाई मधेसी मोर्चाले स्वीकार्य नभएको बताउँदै आएको छ ।(अन्लाईनखबर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.