अर्जुन भुसाल, कुवेत
बिध्यार्थी जीवनको जिक्री तिमी केही समय पहिला फेशबुकमा जोडीन पुग्यौ । यद्दपी कुनै कुराकानी हुन पाएको छैन । चिटिक्क ढाका टोपीमा सजिएको तस्बिर अनी उही बिद्यार्थी जीवनमा देखिने तिम्रो मन्द मुस्कानले पुन. मलाई हाम्रो बिद्यार्थी जीवन लाम्तुनमा बिताएको समयमा फर्काइदियो । अतिनै भिरालो बाटो साउने झरी होस् या बर्खाको भेल, चैतको गर्मी होस् या पुष महिनाको तुसारो हामीलाई कुनै फरक पर्थेन । बिहान एक डोको घास काटेर तातै खाएर उकालो बाटो हामी हिन्थ्यौ भने तिमी आनन्दले हामी थकित भएर हिन्दै गर्दा घरबाट ओरालो झरेर मुल बाटोमा मुस्काउदै मिसिन्थ्यौ । पढ्नेक्रम जारी राख्नुहोस्