‘मलाई सभापति बन्न कसैले रोक्न सक्दैन’


गजेन्द्र बोहरा
Ramchandra_Paudel_730143342घोराही : नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले अबको पार्टी सभापतिमा आफूलाई कसैले पनि रोक्न नसक्ने दाबी गरेका छन् । उनले अबको पार्टी र देशको आवश्यकत आफू नै भएका कारण सभापतिका लागि पछि नहट्ने बताए । नेपाल प्रेस युनियन दाङले सोमबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा पौडेलले भने ‘यसपालि म नै सभापति लड्छु र हुन्छु पनि ।’

उनले अघिल्लो पटक सुशील कोइरालाले इच्छा देखाएपछि आफूले सहयोग गरेको भन्दै यसपालि आफूले सहयोग पाउने विश्वास पनि गरे ।

‘कुनै पनि प्रलोभन, आश अनि त्रासले मलाई रोक्न छेक्न सक्दैन, मेरो सभापतित्व पार्टीको पनि आवश्यकता हो, देशलाई अगाडि बढाउन पनि कांग्रेसमा मेरो नेतृत्व जरी छ’ पौडेलले भने ‘सबै साथीहरुले पनि उठ्नुस् भन्नुभएको छ, म साथीहरुको भावनाको अपमान गर्दिनँ ।’

पत्रकारहरुले ‘तपाईँलाई फेरि प्रधानमन्त्री बन्ने आशा देखाएर पछाडि पारिने हो कि ?’ भन्ने जिज्ञासामा उनले यस्तो जवाफ दिएका थिए । उनले महामन्त्रीका लागि चर्चामा आएका खुमबहादुर खड्काले पनि आफूलाई सहयोग गर्ने बताए । ‘उहाँसँग व्यक्तिगतरुपमा मेरो पनि राम्रो सम्बन्ध छ, आशा छ उहाँको सहानुभूति मसँगै छ ।’

युवा शक्तिलाई पनि पार्टीमा आफूहरुसँगै लैजाने भन्दै पौडेलले अझै आफ्नो मिशन पूरा नभएको बताए । ‘हो, युवाहरु पनि आउनुपर्छ, उनीहरु पनि राजनीतिमा अघि बढ्नुपर्छ तर, अझैं हाम्रो मिशन पूरा भएको छैन, अझै देशलाई हाम्रो आवश्यकता छ ।’

उनले देशको परिवर्तनलाई सही दिशामा अघि बढाएर संस्थागत गर्नका लागि परिवर्तित कांग्रेसको आवश्यकता रहेको बताए ।

‘अब नेपाली कांग्रेस, संरचनागत अनि व्यवहारमै परिवर्तन हुन जरुरी छ, देशमा नयाँ परिवर्तन आएको छ’ उनले भने, ‘हरेक ऐतिहासिक मोडमा नेपाली कांग्रेसले नेतृत्व गर्दै आएको छ, यसपटक पनि यो परिवर्तनलाई संस्थागत गर्न परिवर्तित कांग्रेसको आवश्यकता छ र, त्यो आगामी महाधिवेशनले कांग्रेसलाई परिवर्तन गर्नेछ ।’

एक अर्काे प्रसङ्गमा उपसभापति पौडेलले एक दुई दिनमै देशमा राजनीतिक सहमति कायम हुने र मधेस आन्दोलनको समाधान हुने दाबी पनि गरे ।

‘सहमतिका लागि हामीले प्रयास गरिरहेका छौँ, संशोधन प्रस्ताव सिमाङ्कनका विषयमा सहमति अन्तिम चरणमा छ’ उनले भने ‘संशोधनका विषयमा अरुले सहमति नजनाएपछि कांग्रेसले त्यसलाई मिलाएर आफ्नै तरिकाले सहमति गर्छ र देशलाई निकास दिन्छ ।’

उनले कांग्रेसको सबै ध्यान अहिले महाधिवेशनमै गएका कारण सरकारका ’boutमा केही नसोचेको पनि बताए । (अन्नपूर्ण पोस्ट )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.