Daily Archives: 18/01/2016

‘मलाई सभापति बन्न कसैले रोक्न सक्दैन’


गजेन्द्र बोहरा
Ramchandra_Paudel_730143342घोराही : नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले अबको पार्टी सभापतिमा आफूलाई कसैले पनि रोक्न नसक्ने दाबी गरेका छन् । उनले अबको पार्टी र देशको आवश्यकत आफू नै भएका कारण सभापतिका लागि पछि नहट्ने बताए । नेपाल प्रेस युनियन दाङले सोमबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा पौडेलले भने ‘यसपालि म नै सभापति लड्छु र हुन्छु पनि ।’ पढ्नेक्रम जारी राख्नुहोस्

कतार जाने नेपाली कामदारले अब मृगौला पनि जचाउनुपर्ने


Kidney-Test४ माघ, काठमाण्डौ । बैदेशिक रोजगारीका लागि कतार जाने नेपाली कामदारले अब अनिवार्यरुपमा मृगौलाको पनि परिक्षण गर्नुपर्ने भएको छ । कतार पुगेपछि त्यहाँको स्वास्थ्य काउसिन्लले गर्ने पहिलो मेडिकल चेकमा अब किड्नी परिक्षण पनि गरिने छ । अहिलेसम्म कतारी सरकारले बिदेशी कामदारहरुको एचआईभी, क्षयरोग, हेपाटाइटिस बी र सीको परिक्षण गर्दै आएकोमा अब मृगौला पनि परिक्षण हुने छ । पढ्नेक्रम जारी राख्नुहोस्

‘रेमिट हाइड्रो’ स्थापना- विदेशमा रहेका नेपालीले कुल लागतको २४ प्रतिशत लगानी गर्न पाउने


बलराम बानियाँ, काठमाडौं
पहिलो चरणमा १३२ मेगावाट क्षमताका दुई आयोजना बन्ने
माघ ४, २०७२- विदेशमा कार्यरत नेपालीले मुलुकको जलविद्युत् क्षेत्रमा प्रत्यक्ष लगानी गर्न पाउने भएका छन् । विदेशमा रहेका नेपाली कामदारको कमाइ (रेमिट्यान्स) जलविद्युत् क्षेत्रको विकासमा सदुपयोग गर्न र उनीहरूलाई लगानीको उचित प्रतिफल दिन सरकारले ‘रेमिट हाइड्रो’ कम्पनी स्थापना गरेको छ । हाइड्रोमा लगानी गर्दा विदेशमा कार्यरत नेपालीले लामो समयसम्म विद्युत् आयोजनाबाट लाभ लिइरहन पाउनेछन् । पढ्नेक्रम जारी राख्नुहोस्