कुबेत मा मृगौला रोगी उर्मिला विश्वकर्मा लाई २ युनिट (ब्लड) रगत सहयोग


12510509_1281042188577506_8672807515940246188_nआफ्नो घरको आर्थिक अवस्थालाई केही हद सम्म सबल बनाउनको निम्ती बैदेशिक रोजगारका लागि करीब ५ बर्ष अघी कुवेत आई पुगेकी चितवन नारायघाटका उर्मिला विश्वकर्मा केही बर्ष देखी महाबुल्ला स्थित Friday Restaurant मा कार्यरत थिईन । केही दिन यता देखी बिरामी परेकी उर्मिला हाल आदान हस्पिटलको वार्ड नं २६, कोठा नं १८ को बेड नं ३२ मा आफ्नो उपचार गराइरहेकी छीन । उनलाई म्रिगौला सम्बन्धि रोग लागेको छ ।

डक्टरको अनुसार उपचारको निम्ती उनलाई २ युनिट ‘ए पोजेटिव’ रगतको अती आवश्यक भएको कुरा समाजसेवी दिल पुन मार्फत तमू समाज, कुवेतमा जानकारी आएको हुँदा समाजको अध्यक्ष खोप गुरुङ द्वारा सेन्ट्रल ब्लड बैंक कुवेत सँग समानवय गरी तत्कालको लागि आवश्यक २ युनिट रगत बिरामी उर्मिला विश्वकर्माको नाममा उपलब्ध गराइएकोले आज उहाको सफल अपरेशन भएको छ ।

हामी उर्मिला जि को शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौ, उहा छिट्टै नै सबल बनी आफ्नो काममा फर्किन सफल होउन । तमू समाज, कुवेतको अभियानमा आयोजना गरिने ‘ब्रिहत रक्तदान कार्यक्रम’ दु:खमा आवश्यक परेको बेला तपाईं हामी प्रबासीहरुलाई सहज रुपमा रगत उपलब्ध गराउने माध्यम बनेको उदारण हो यो यस् अर्थमा रक्तदान कार्यक्रममा सहभागी सबै रक्तदाताहरु हाम्रो लागि धन्यवादका पात्र हुन, यद्दपी उहाहरुमा उर्मिला जि को आशिर्वाद त छदै छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.