लालीगुराँसको कार्यक्रममा पन्चेबाजाको तालमा प्रत्यक्ष दोहोरी(फोटो सहित)


IMG_0172लालीगुराँस सांस्कृतिक परिवारले शुक्रबार एक समाहरोको आयोजना गरि आफ्ना सहयोगी हातहरु, शुभचिन्तक, स्थानीय कलाकार र स्थानीय मिडियालाई सम्मान गर्दै नयाँबर्ष २०१६ शुभकामना आदान प्रदान गरेको छ। जिलिब स्थित रिदम कम्युनिकेसन हलमा आयोजित कार्यक्रमको प्रमुखअथिति एन आर एन ए कुबेतका अध्यक्ष अर्जुन तामाङ्गले दिप प्रज्वलन गरि उद्घाटन गरेका थिए परिवारका अध्यक्ष डीबी लोप्चनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपस्थित पाउनाहरुको महासचिब प्रेम कटवालले मन्तब्यबाट स्वागत गरेका थिए। उपाध्यक्ष् माधव पौडेलद्वारा संचालिन कार्यक्रममा प्रेम कटवालले पनि साथ् दिएका थिए। कार्यक्रममा लालीगुराँसको चर्चा तारिफ गर्दै प्रमुख अथिति तामाङ्ग, समाजसेवी धुर्व कुमार संग्रौला,नेपाल कुबेत सास्कृतिक मन्चका अध्यक्ष् माधव शर्मा, खोटांग कुबेत सम्पर्क मन्चका अध्यक्ष् मन्जित राई, युएई एक्सचेन्जका प्रतिनिधि राम बस्नेत, पत्रकारहरु नबराज पन्थी, ईष्टमान वाइवा, शुरेश गुरुङ र नैनाकला राई लगायतले माघी र नयाँबर्ष २०१६ को शुभकामना व्यक्त गरेका थिए ।
IMG_0008नेपाल मै झल्को दिने गरि पन्चे बाजा घन्काएर परिवारका सदस्यहरुले सबैलाई नचाउँन सफल भएका थिए प्रत्यक्ष दोहोरीबाट युवा लोकगायक जुलान तामाङ्गले शब्द बाण प्रयोग गर्दै माहोल परिबर्तन गर्ना साथ कार्यक्रम स्थल पन्चेबाजाको साथमा दोहोरी मय भएको थियो तारा पौडेल र बिमला श्रेष्ठले जुलान तामाङ्गलाई स्टेज प्रबेस गरेर जवाफ फर्काएका थिए । दोहोरी चलिरहदा कार्यक्रम स्थल प्रवेश गरेकी चर्चित पप आधुनिक लोकगायिका इन्दिरा शाहले जुलानसंग खरो प्रतिउत्तर दिएर माहोल थप आकर्षण बनाएकी थिइन्। स्थानीय कलाकारहरु गुप्ता गैरे, हिमाल लामा, मदन रेश्मी मगर, मन्दी प्रधानले निमा लामा, श्याम पाख्रिन, मुक्त बिक मनिका मगर, पूर्ण रासकोटी लाक्पा मोक्तान लगायतले प्रस्तुति दिएका थिए।
IMG_0054कार्यक्रममा बिजयादशमी एबम शुभदिपावलीको अबशरमा नेपालबाट चर्चित लोकगायकद्वय मिलन लामा र प्रकास कटवालको साथमा सम्पन्न भब्य सास्कृतिक सफल बनाउन बिशेष सहयोग पुर्याउने नेपाली संघसस्था, नेपाली रेस्टुरेन्ट, ब्यबसायी, ब्याक्ति बिशेष, स्थानीय कलाकार र लालीगुराँसमा आबद्द सदस्यको साथमा कुबेतमा संचालित कोसेलीन्युज डटकम, कुबेतनेपाल डटकम र प्रदेशीखबर डटकमलाई समेत सम्मान गरिएको थियो । नेपाली परिकारको समेत उपस्थित सबैको लागि ब्यबस्था गरिएको थियो ।IMG_0265IMG_0077IMG_0010

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.