राजनीतिक संयन्त्र संसद्‍बाट बनाउने प्रमुख दलको निर्णय


ज्ञानेन्द्र खड्का
three_party_Meeting__532986895काठमाडौं : प्रमुख तीन दलले आन्दोलनरत मधेसी मोर्चालाई सहमतिमा ल्याएर मात्रै ५ गते संविधान संशोधन विधेयक पारित गराउने निर्णय गरेका छन् । शनिबार बिहान प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरु र कार्यदलको संयुक्त बैठकमा सीमांकनको विवाद मिलाउन बन्ने राजनीतिक संयन्त्रलाई संसद्मा लगेर बैधानिकता दिने निर्णय गरेको छ ।

आन्दोलनरत मधेसी मोर्चाले प्रमुख दलबाट गठित राजनीतिक संयन्त्र र त्यसको कार्यक्षेत्र’boutमा प्रश्न उठाएपछि तीन दलको बैठकले संसद्बाट संयन्त्रलाई बैधानिकता दिने निचोड निकालेको हो ।

‘राजनीतिक संयन्त्रलाई बैधानिकता दिन संसद्मा लैजाने सहमति भएको छ’, बैठकमा सहभागी एमाले नेता तथा कानुन मन्त्री अग्नि खरेलले भने, ‘मधेसी दलले उठाएको सीमांकनको मुद्दालाई टुंगोमा पुर्‍याउन पनि आजको बैठकमा कुराकानी भएको छ ।’

बैठकले मधेसी मोर्चालाई सहमतिमा ल्याएरै माघ ५ मा संविधान संशोधन विधेयक पारित गराउने सहमति गरेको कांग्रेसका उपसभापति रामचन्द्र पौडलले जानकारी दिए ।

पाँच महिनादेखि आन्दोलनरत मधेसी मोर्चाको मागलाई सम्बोधन गर्न तीन दलले राजनीतिक संयन्त्र गठन गर्ने निर्णय गरेपनि त्यसको बैधानिकता र कार्यक्षेत्र’boutमा मोर्चाले प्रश्न उठाउँदै आएको छ ।

राजनीतिक संयन्त्रलाई संसद्बाट बैधानिकता दिने निर्णयपछि मधेसी दलहरु सहमतिमा आउने कुरामा तीन दल विश्वस्त देखिएका छन् ।

एमालेका वरिष्ठ नेता झलनाथ खनालले सकेसम्म माघ ५ भित्रै सहमति जुटाएर विवाद टुंग्याइने बताए । ‘मधेसी मोर्चाको हस्ताक्षरसहितको संविधान संशाेधन विधेयक पारित गराउनेछौं’, उनले भने, ‘कार्यदललाई पनि संसद्मा लगेपछि अब विवादको विषय बाँकी छैन ।’

उनीहरुले चार गतेसम्ममा मधेसी मोर्चासँगको वार्तालाई निचोडमा पुर्‍याएर पाँच गते संविधान संशोधन विधेयक पारित गराउने सहमति गरेका छन् ।

तीन दल र मधेसी दलको कार्यदलस्तरीय बैठकमा एमालेका उपाध्यक्ष भीम रावलले सीमांकनको विवादलाई राजनीतिक संयन्त्रमार्फत तीन महिनाभित्र टुंग्याउन गरेको प्रस्तावमा मधेसी मोर्चा सकारात्मक भएपछि वार्ता निचोमडमा पुग्न लागेको बताइएको छ ।

तर, संयन्त्रमाथि मोर्चाले उठाएको प्रश्न र शंका निवारणकागि प्रमुख दलहरुले संयन्त्रलाई संसद्मा लैजाने भनेपछि वार्ता निचोडमा पुग्न लागेको नेताहरुको भनाइ छ ।

प्रमुख दलले पाँच गते बस्ने संसद् बैठकमा संविधान संशोधनको कार्यसूची राखी सोही दिन संशोधन विधेयक पारित गर्ने आन्तरिक तयारी गरेका छन् । (अन्नपूर्ण पोस्ट )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.