नेपाली युवा वर्गको भविष्य अन्धकारमा


प्रेमबहादुर शाही

Prem Bahadur Shahiआज देशको दुरावस्थाका कारण नेपाली युवा वर्गको भविष्य अन्धकारमय बनेको छ । परिवार, समाज र राष्ट्रकै राजनैतिक, आर्थिक, सामाजिक एव साँस्कृतिक रुपान्तरणको मात्र नभएर शोषण, दमन, अन्याय अत्याचार लगाएतको ग्रसीत समाजलाई अध्यारोबाट उज्यालोको मुहार बदल्नका लागि महत्वपूर्ण भूमिका र योगदान गर्न सक्ने युवा वर्गको भविष्य नै दोधारमा छ । जसको काँधमा राष्ट्रको समेत जिम्मेवारी छ, त्यही जनशक्तिहरु सदियौँ देखि रोजगारी नभई बेरोजागर बन्नु भएको छ । एक तथ्य अनुसार देशको कुल जनसंख्याको करिव ६९ प्रतिशत जनसंख्या वेरोजगारी, अर्धवेरोजगारीको स्थितिमा दिन ब्यतित गर्ने गरेका छन । नेपालको सन्दर्भमा १६ वर्षदेखि ४० वर्षसम्मका ब्यक्तिहरुलाई युवा मानिएको छ, तर राज्यले युवाहरुको लागि ठोस नीति तथा कार्य योजना बनाउन सकेको छैन । देशमा पुरातनवादी सामान्ती सोच, अवैज्ञानिक शिक्षा प्राणालीका कारण नेपाली युवा वर्गहरु आफ्नो इच्छा शक्ति भए अनुसारको अवसर र सीप अनुसारको पारिश्रमीक नपाउदा उनीहरुको बेरोजगार बनिरहेका छन । राज्यले उत्पादशील जनशक्तिलाई परिचालन गर्न सकेको छैन । देशमा दिनदाहादै युवा वर्गहरु चोरी, डकैती, कुटपिट, हत्या, हिंसा र बलात्कार जस्ता अराजक, उत्श्रंखल गतिविधिहरुमा युवाहरु लाग्ने गरेका छन ।

नेपालीको विदेशी मोह
गोर्खा भर्ती केन्द्रका अतिरिक्त भारतमा गैर सैनिक क्षेत्रमा रोजगारीका लागि लाखौँ नेपालीहरु सामिल भए त्यसपछि नेपाली युवाहरुको विदेशी मोह बढ्दैं गयो । देशमा प्रजातन्त्रका लागि लड्ने हुन वा लोकतन्त्रका लागि रगत बगाउने, जनताहरुलाई सार्थक जीवन जीउने सिकाउने, छातीमा गोली वर्षदा हाँसीहाँसी छाती थाप्ने युवावर्गहरु अहिले आफ्नो प्यारो मातृभूमी छोडी बिदेशी भूमिमा सस्तो श्रममा रुपमा सीप र जागँरलाई बिक्री गरिरहेका छन । संसारका सवै देशमध्य नेपाल यस्तो देश हो, यहाँका ४० लाख भन्दा बढी युवावर्ग वेरोजगार भई रोजगारको लागि छिमेकी देश भारत र तेस्रो मुलुकमा जाने गरेका छन ।

देशमा रोजगारीको अवसर नहुनु, राज्यद्वारा नै बिदेशी सेनामा आफ्ना युवाहरुको प्रवेशका लागि बैधानिकता प्रदान गर्नु, नेपाल र भारत वीच खुल्ला सीमाना हुनुले पनि नेपाली युवावर्गहरुको भविष्य अल्योलमा छ । नेपाल सरकारले संस्थागत रुपमा बैदेशिक रोजगारीको लागि अफगानिस्तान, अमेरिका, आइसल्याण्ड, हजरायल, इजिष्ट, इन्डोनिसिया, अस्ट्रेलिया, कतार, कम्बोडिया, कुवेत, क्यानडा, क्यूवा, कोरिया, दक्षिण कोरिया, कोलम्बिया, ग्रीस, चीन, जर्मन, जापान, जम्भिया, डेनमार्क, नर्वे, नेदरल्याण्ड, पोल्याण्ड, फ्रास, दुवै फिजी, फिनल्याण्ड, ब्राजिल, बेलायत, बेल्जियम, युल्गेरिया, बोलिभिया, बङ्गालादेश, मलेसिया, मास्को, रुस, लिविया, लेवनान, साउदी अरविया, संयुक्त अरव इमिरेट्स, कङ्कन, हँगेरी, र मलेशिया जान पाउने वैधानिकता दिएपछि झनै नेपाली युवावर्गहरुलाई विदेश जाने बाटो फराकिलो बन्यो ।

आज राज्यले युवाहरुलाई हतियार बनाएर आफ्नो सत्ता स्वार्थ पूरा गरी राज्यले तमाम युवाहरुको जीवन नै ववार्द बनाईरहेको छ । जसले गर्दा गरिवी झन गरिव भईरहेका छन । देशमा कृषि, पर्यटन, जलश्रोत, उद्योग, कलकारखाना जस्ता क्षेत्रहरुमा युवा शक्तिलाई परिचालन सकेको छैन । युवावर्गका लागि राज्यसँग नीति तथा ठोस कार्यक्रम नहुदा देश झन पछाडी धकेलिएको छ । हामीले इतिहासलाई नियाल्ने हो, भने वेलायतको औद्योगीक क्रान्ति, पूरोपियन मुलुकको मजदुर आन्दोलन, चीनमा कम्यूनिष्ट आन्दोलन, जातीय बिभेद बिरुद्व होस वा लैङ्गिक असामानता बिरुद्व मजदुर मुक्तिका लागि होस एंव विद्यार्थीको शिक्षाका सवालमा युवा वर्गहरुको ठुलो योगदान छ । उहरणको रुपमा लिने हो भने, १९१९ मे ४ को युवा वर्गकै आन्दोलनमा टेकेर सन् १९६१ मा कम्यूनिष्ट पार्टीको स्थापना भएको थियोे । यस्ता बिभिन्न खालका इतिहासलाई नियाल्दैं जादा हाम्रंो देशका लाखौं युवा वर्गहरु वेकामे बनिरहेका छन । देशमा रोजगार नहुदा सके वैधानिक रुपमा नसके अवैधानिक रुपमा रातारात देश छोड्न बाध्य भएका छन ।

आज रातारात युवा वर्गहरु देशबाट पलायन हुदा राज्यले केही रेमिट्यान्स पाएको होला, परिवाले सामान्य आधारभूूत आबश्यकता परिपूर्ति गर्नसम्म पाएका होलान तर त्यसको पीडा कति काहालि लाग्दो छ । त्यसको सही मुल्याङ्कन कसले गर्ने ? एउटा सामान्य नागरिकले राज्यबाट पाउनु पर्ने सेवा सुविधा के–के हुन त्यो उसको मौलिक अधिकार भित्र पर्ने गर्दछ । जुन सरकारले ती मौलिक अधिकार ठुण्डीत गर्छ त्यसवेला हामीले नचाहेपनि कानूनी रुपमै स्वदेशि भूमिबाट लखेटिनु पर्दछ ।

देश नै शोकमय हुने खवर
आज अन्तराष्ट्रिय विमानस्थलमा हप्तौं पिच्छे  चार÷पाँच वटा नेपालीका लास आईरहेका छन । धन कमाउन, घरपरिवारलाई खुसी बनाउने सपना बोकेर विदेशियका नेपालीहरु कतिपयको मृत्यु  भएको छ भने कतिपय मृत्युको मुखमा पुगेका छन । विदेशी मुलकुको कानुन अनुसार “बचाऊ मेरा भगवान” भन्दैं फाँसिको सजाय भोग्न बाध्य भएका छन । कुनै देशमा नेपालीहरुको मृत्यु भयो भने, त्यस देशको कानुनी प्रक्रियामा जादा÷जादैं महिनौ तथा वषौंसम्म लाग्ने गरेको छ । आफ्न्तले महिनौ वषौं  दिन वितिसक्दा पनि काज किरीया गर्न पाईरहेका छैनन् । छोरा छोरीको कमाईले सुखद भविष्यको कल्पना गरी  बसेका एउटा घरपरिवारलाई उल्टै मृत्यु भएको बखवर सुन्न पाउदा त्यो पीडाभन्दा काहालि लाग्दो पीडा अरु के नै हुनसक्छ ? पछिल्लो समयमा विदेशमा घरेलु कामदारका रुपमा महिलाहहलाई ललाई÷फकाई लगिने गरिएको छ । जसले गर्दा घरेलु हिंसाका घटनाहरु बढ्दैं गईरेका छन । अधिकांश महिलाहरु यौन शोषणमा परिरहेका छन । जीवनभर विभिन्न किसिमका दीघकालिन रुपमा सन्चो नहुने रोग को शिकार हुन पुगका छन । जोखिमपुर्ण काम र त्यहाको वातावरणीय असरले गर्दा आंशिक वा पूर्ण रुपमा अपाङ्ग हुने गरेका छन । आफ्नो ओत लाग्ने सानो झुपडी घर र दुई चार महिनासम्म खाना पुग्ने जग्गा जमिन भूमालिकको हातमा बन्धकी राखेका छन । साहुको सावाँ र ब्याज तिर्न नसक्दा कैयौँ नेपाली युवावर्गहरु कालान्तरसम्म बिदेशमै आँसुको पोखरी बनाई त्यही पोखरीमा डुबुल्की मारी बस्नु परेको छ ।

समस्याको समाधान
अहिले युवा वर्ग जसरी बिचार, दृष्टिकोणबाट भुत्ते भएका छन, त्यति विचारलाई पगालेर तिखार्न राज्यले कदम चाल्नु पर्दछ । राष्ट्रको खातिर खम्वाको काम गर्ने विचारले संसारलाई हाक्ने आँट भएका युवाहरुलाई स्वदेशमै रोजगारीको सृजना गरिनु पर्दछ । आफ्नै देशमा युवा वर्गलाई क्षामता, योग्यता र सीप अनुसारको काम र काम अनुसारको पारिश्रमीकको ब्यवस्था गरी सवै बाहिर गएका युवा जनशक्तिलाई स्वदेश फर्किने वातावरण राज्यले बनाउने पर्दछ । आज देश के–के कारणले युवा विहिन बन्न लाग्यो त्यसको खोजी गरिनु पर्दछ । यसरी युवा वर्ग  बिदेश पलायन हुदाँ राष्ट्रले के पायो र के गुमायो ? यो कुरालाई जवसम्म राज्यलाई बोध र युवा वर्गले आफुले रगतको जति पसीना बगाउनु परेपनि आफ्नै देशमा बगाउन सोच बनाउनु पर्दछ । त्यसपछि घरपरिवा, समाज, र राष्ट्र समृद्धीको मुहारमा बदलिने छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.