नक्कली पीडित- थप २ लाख ७० हजार घर भत्किएको दाबी


कृष्ण ज्ञवाली, काठमाडौं
07012016075727nakali-pidit-1000x0पुस २३, २०७२- भूकम्पलगत्तै सरकारी टोलीले स्थलगत अध्ययन गर्दा करिब ५ लाख घर क्षतिग्रस्त भएको तथ्यांक निस्किएकामा अहिले त्यो बढेर ७ लाख ७० हजार पुगेको छ ।जबकि, सरकारी निकायबाट ६ लाख घरमा क्षति पुगेको’bout अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुगमन गर्दा १ लाख घर भत्किएको तथ्यांक नै नक्कली सावित भएको थियो ।

घर भत्किएको दावी गर्ने क्रम अझै रोकिएको छैन । अघिल्लो विवरण नै नक्कली रहेको अख्तियारले औंल्याइरहँदा त्यसमाथि एक लाख ७० हजार थपिएर पछिल्लो संख्या आएको हो । ‘सरकारले न्यानो कपडाका लागि १० हजार रुपैयाँ दिने घोषणा गरेपछि पीडित परिवारको संख्या झन् बढेको हो,’ भूकम्पप्रभावित एक जिल्लाका प्रजिअले कान्तिपुरसित फोनमा भने, ‘घर बनाउन किस्ताबन्दीमा दुई लाख दिने तयारी भएपछि अझै बढ्ला जस्तो छ ।’ पाँच लाख घर भत्किएको प्रारम्भिक तथ्यांक सार्वजनिक गरेको केही सातामै सरकारी टोलीले समेत फेरि बढाएर ६ लाख पुर्‍याएको थियो ।

यसबाट नक्कली भूकम्पपीडित हवात्तै बढेको पुष्टि हुने सरकारी अधिकारीहरू बताउँछन् । उनीहरूका अनुसार नक्कली पीडितलाई समेत न्यानो कपडाका लागि १० हजारका दरले राहत दिने हो भने राज्यकोषबाट २ अर्ब ७० करोड रुपैयाँ दुरुपयोग हुन्छ । घर बनाउन दुई लाख अनुदानसमेत दिए थप ५४ अर्ब रुपैयाँ दुरुपयोग हुनेछ । ‘पछिल्लो तथ्यांक विभिन्न जिल्लाका दैवीप्रकोप उद्धार समितिबाट प्राप्त विवरणमा आधारित रहेको गृह मन्त्रालयका एक अधिकारीले बताए ।

‘जिल्लाकै आधिकारिक निकायले प्रमाणित गरेको विवरणलाई आधिकारिक नमान्ने प्रश्नै भएन’ उनले भने । उनका अनुसार दोलखा र काभ्रेमा पूर्ण रूपमा घर क्षति भएका परिवारको संख्या झन्डै दोब्बरले बढेको छ । भूकम्पलगत्तै लगत संकलनका क्रममा दोलखामा ४८ हजार आठ सय घर पूर्ण क्षति भएका पाइएकामा हाल अद्यावधिक गर्दै ८४ हजार आठ सय पुर्‍याइएको छ । यो संख्या ३६ हजारले बढी हो । जबकि, ०६८ सालको जनगणनाअनुसार दोलखामा कुल घर/परिवार संख्या ४५ हजार ६ सय ८८ मात्र छ ।

काभ्रेमा पनि प्रारम्भिक लगतबाहेक करिब ३३ हजार ६ सय भत्किएका घर थपिएका छन् । ८० हजार परिवार संख्या रहेको काभ्रेमा पूर्ण रूपमा घर भत्किँदा ८३ हजार पाँच सय परिवार टहरामा बसिरहेको विवरण गृह मन्त्रालयमा आएको छ ।

यस्तै, सिन्धुपाल्चोकमा पूर्ण घर क्षति भएका परिवार ६ महिनामा करिब २० हजार सात सयले बढेको देखिन्छ । तुलनात्मक रूपमा कम क्षति भएको रामेछापमा पनि घरवारविहीन परिवार संख्या बढेर दोब्बर भएको छ । प्रारम्भिक लगत संकलनमा
२६ हजार ७ सय थिए, अहिले ५२ हजार पुगेका छन् । जनसंख्या मन्त्रालयले भूकम्पबाट अति प्रभावित जिल्लाहरूको जनसांख्यिक अध्ययन गराइरहेको छ ।

त्रिभुवन विश्वविद्यालयको जनसंख्या केन्द्रीय विभागका विशेषज्ञ तथा विद्यार्थी सम्मिलित टोलीले कतिपय ठाउँमा पीडितको तथ्यांक ‘अत्यन्त अपत्यारिलो’ ढंगले प्रस्तुत भएको भेट्टाएको छ । ‘जिल्ला दैवीप्रकोप उद्धार समितिबाट प्रमाणित भएका कतिपय विवरण स्थलगत रूपमा पटक्कै मेल खाँदैनन्,’ टोलीमा संलग्न एक अध्यापकले भने, ‘कतिपय क्षतिको विवरण कागजी र बनिबनाउ छ, स्थलगत हेर्दा त्यस्तो भेटिँदैन ।’

केही घण्टामै घटनास्थलमा पुग्न सकिने भौगोलिक सुगमता भएको भक्तपुरमै पूर्ण क्षतिग्रस्त घरको विवरण नौ हजार पाँच सयले बढेको छ । ललितपुरमा प्रारम्भिक लगतभन्दा ११ हजार ६ सय घर थपिएका छन् । ५९ हजार घरधुरी रहेको नुवाकोटमा पूर्ण क्षतिग्रस्त घर ७९ हजार पुगिसकेका छन् । ओखलढुंगामा ६ महिनामा पाँच हजार पाँच सय घर बढेका छन् । हाल गृह मन्त्रालयमा आइसकेको यो तथ्यांकमा विभिन्न जिल्ला प्रशासनमा परेका छुटफुट निवेदनको संख्या समावेश छैन । प्रभावित सबैजसो जिल्लामा हजारभन्दा बढी छुटफुट निवेदन निर्णयका क्रममा छन् ।

गृह तथा स्थानीय प्रशासनका अधिकारीहरूका अनुसार पत्याउनै नसकिने गरी पीडित संख्या बढ्नुमा जिल्ला तहमा क्रियाशील दलका नेता/कार्यकर्ताको प्रमुख भूमिका छ । हाल गाविस सचिवको अध्यक्षतामा दलीय संयन्त्र सहितको बैठकले नै यस्ता विवरण सर्जमिनसहित जिल्ला प्रशासनमा पठाउँछन् । विभिन्न तर्कसहित स्थानीयस्तरबाट प्रमाणित भएर आउने विवरणको आधिकारिकतामा प्रश्न उठाउन गाह्रो हुने दोलखाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने बताउँछन् ।

‘भत्किएको घर र परिवारका संख्या अलग विषय हुन्, दुवै बराबर हुँदैनन् भन्नेसम्मका तर्क आएका छन्,’ उनले भने, ‘फिल्डमा मुचुल्का गरी पठाएपछि हामीले आधिकारिक नै होइन भन्न मिल्दैन तर कतिपय अवस्थामा पुन: परीक्षणका लागि टोली बनाएर अनुगमन गरिरहेका छौं ।’
(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.