तमु प्येल्हु संघ,कुवेतले शुक्रबार आयोजना गर्न गैरहेको तमु ल्होसार तथा साँस्कृतिक कार्यक्रममा सहभागीता जनाउन अतिथि कलाकारको रुपमा अतिथि कलाकार तिलक गुरुङ आज साउदी अरब को दम्माम बाट बहराइन हुँदै Gulf Air बाट बेलुका 5:30 बजे कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा आईपुग्नु भएको छ । कुवेत अन्तर्राष्ट्रिय बिमानस्थलमा वहाँको स्वागतार्थ लागि तमु प्येल्हु संघ,कुवेत परिवार लगायत कुवेतमा कृयाशिल बिभिन्न नेपाली सँघ-संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने आगमनमा वहाँलाई पुष्पगुच्चा दिई र दोसल्ला ओढाई भब्य स्वागत गरिएको छ ।