यी रहेछन् राज्यबाट बढी सुविधा खाने ८ पूर्वराजदूत !


अख्तियारको आदेशः यिनीहरुले खाएको असुल उपर गरियोस्
shankar-suresh-and-madhubanशंकर शर्मा, सुरेश चालिसे र मधुवन पौडेल
२२ पुस, काठमाडौं । डा. शंकर शर्मासहित आठ पूर्वराजदूतले कार्यकाल सकिएपछि पनि राज्यबाट तलव भत्ता र सुविधा लिएको पाइएको छ  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसरी सुविधा लिने पूर्वराजदूतले कार्यकाल सकिएपछि लिएको तलब भत्ता असुलउपर गर्न आदेश दिएको छ ।
अख्तियारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्र लेखेर अधिकार प्राप्त अधिकारी/निकायको स्वीकृति नलिई आफूखुसी तोकिएको कार्यकालभन्दा बढी बसी तलव भक्त र सुविधा अनियमित तरिकाले लिएकोमा कानूनअनुसार असुर उपर गर्नुपर्ने निर्णय गर्न भनेको छ ।परराष्ट्र स्रोतका अनुसार तत्कालीन ८ राजदूतले कार्यकाल सकिएपछि पनि आफूखुसी बसेको र तलव भत्ता र सुविधा लिएको पाइएको छ ।
कार्यकाल सकिएपछि पनि राज्यबाट तलब भत्ता र सुविधा दिनेमा पूर्वराजदूतहरुमा शंकर शर्मा, डा. सुरेश चालिसे, सुशीलचन्द्र अमात्य, अरुण धिताल, मधुवन पौडेल, मोहनकृष्ण श्रेष्ठ, भोजराज घिमिरे र प्रधुम्नविक्रम शाह छन् । शर्मा अमेरिका, चालिसे बेलायत, अमात्य श्रीलंका, धिताल अफ्रिका, पौडेल कुवेत, श्रेष्ठ फ्रान्स, घिमिरे क्यानडा र शाह ब्राजिलका लागि राजदूत भएका थिए । परराष्ट्र स्रोतका अनुसार यसरी राज्यबाट बढी सुविधा लिनेहरुमा यी बाहेक थप हरु पनि कूटनीतिज्ञहरु रहेको अख्तियार स्रोतले बताएको छ ।
डा. शर्मा भन्छन्- राजदूतको कार्यकाल तोकिएको हुँदैन अख्तियारले चालेको कदम’bout अनलाइनखबरलाई प्रतिक्रिया दिँदै पूर्वराजदूत डा. शंकर शर्माले राजदूतका लागि दिइएको नियुक्तिपत्रमा यति नै वर्ष बस्ने भनेर कार्यकाल तोक्ने प्रचलन नरहेको बताए । ‘राजदूतको कार्यकाल यति नै हुने भन्ने नियुक्ति पत्रमा लेखिएकै हुँदैन,’ डा. शर्माले भने, ‘कतै दुई वर्षमै राजदूतलाई फिर्ता बोलाइन्छ, कतै चार वर्ष बस्ने प्रचलन छ ।’
परराष्ट्र मन्त्रालयले राजदूतलाई तपाईको कार्यकाल सकिन लाग्यो भनेर ‘वार्निङ’ चाहिँ पठाउने गरेको डा. शर्माले अनलाइनखबरलाई बताए । तर, सरकारले बेलामा पैसा नपठाइदिँदा र उता विदावारी हुने क्रममा डेढ/दुई महिना ढीलो हुनु स्वाभाविक विषय भएको शर्माले बताए ।उनले भने- ‘मेरो पनि नेपाल फर्किन त्यस्तै दुई महिनाजति ढीलो भएको हो, र यो सामान्य व्यवहारिक विषय हो ।’
(अन्लाईनखबर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.