कुबेत नेपाल डटकम
आफ्नो कला-संस्कृति, भेषभूषा र मौलिक पहिचानलाई जगेर्ना गर्दै लैजाने उद्देश्यले हरेक वर्ष मनाउदै आएको तमु ल्होसार यसपाली पनि विबिध सांस्कृतिक कार्यक्रमको साथ मा तमु प्येल्हु संघ,कुवेतले प्र ल्होसार भब्यताका मनाउने भएको छ।
“प्ये म्हस्याँ छ्या म्हमु , छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु”
अर्थात (शास्त्र हराए संस्कार हराउँछ , संस्कार हराए संस्कृति र परम्परा हराउँछ, संस्कृति र परम्परा हराए मान्छेको पहिचान र अस्तित्व नै हराउँछ )भन्ने मुल नारा को साथमा बिगत ३ वर्ष अगाडि कुवेत मा स्थापना भएको “तमु प्ये ल्हु संघ, कुवेत” ले कुवेत पनि तमु/गुरुङ हरुको मौलिक धर्म , संस्कार र संस्कृति को संरक्षण र सम्बर्द्धन गर्ने र प्रत्येक तमुहरुलाइ प्ये ताँ ल्हु ताँ ’bout जानकारी गराउने र कुवेत मा आफ्नो तमु मौलिक चाड पर्व हरु पनि मान्दै आएको छ ।
तमु प्ये ल्हु संघ, कुवेत ले बिगत का ल्होसार भन्दा यसपटक पृथक तरिकाले मनाउन थालेको छ । बिगत मा एकै दिनमा खुल्ला चउर मा र होटेल गरि दुई स्थानमा मनाएको थियो भने यसपटक कुवेती को विवाह गृहमा बिबिध कार्यक्रम गरि मनाउने भएको छ । यसपटक लमजुङ नजरे घर भइ हाल : वैदेशिक रोजगारीका लागि साउदी बस्नुहुने सुमधुर स्वर का धनी लोक दोहोरी गायक र तमु प्रार्थना गित गायक : अतिथि कलाकार तिलक गुरुङ लाई स्टेज मा उत्रने भएको छ। भने कुवेत मा रहनुहुने अन्तर्राष्ट्रिय कलाकार द्वय: बि बि मल्ल र डि बि लोप्चन को बेजोड प्रस्तुति हुने र कुवेत साँस्कृतिक परिवार र स्थानीय कलाकारहरूले सबै ल्होसार प्रेमीहरुलाइ मनोरञ्जन दिने छ ।
अतिथि कलाकार तिलक गुरुङ आज साउदी अरब को दम्माम बाट बहराइन हुँदै Gulf Air बाट बेलुका 5:30 बजे कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा आईपुग्ने आयोजकले जानकारी दिएको छ । भने आज बेलुकी कलाकारको स्वागतार्थ लागि कुवैतमा कृयाशिल सम्पूर्ण संघ-सस्था, सामजसेवी, बुद्दिजिबी,भद्रभलाद्मी, पत्रकार,कलाकार,खेलाडी,राजनीतिज्ञ,गीत संगित लाई माया गर्नु हुने सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक निमन्त्रणा गर्नु भएको छ।
हाम्रो धर्म , हाम्रो संस्कार , हाम्रो चाडपर्व, हाम्रो रितिथिती, हाम्रो भाषा, भेषभुषा अन्य समुदाय मा पनि जानकारी होस भन्दै यो तमु को महान चाड पुस-१५ तमु ल्होसार सभ्य र भब्य रुपले सफल पार्न कुवेत मा कार्यरत सम्पुर्ण नेपाली दाजुभाइ , दिदीबहिनी हरु , कुवेत मा कार्यरत विभिन्न संघ, संस्था का पदाधिकारीहरु, पत्रकार हरु, खेलाडीहरु लाई पत्राचार गरिसकेको छ यदि कारण वस निमन्त्रणामा पत्र पाएको छैन भने यसैलाई निमन्त्रणामा मानी उपस्थिति हुनुभइ सोभा बढादिनुभइ तमु ल्होसार कार्यक्रम लाई शान्त वातावरणमा र सभ्य तरिकाले सप्पन्न गर्न सबैलाई निवेदन गरेका छौँ ।
तपाईंहरुलाइ कार्यक्रम स्थल सम्म आउनलाई “तमु प्ये ल्हु संघ, कुवेत” निशुल्क यातायातको ब्यबस्था गरिएको छ। तपाईं हरुलाइ बस चढ्ने समय र स्थान तोकिदिएको छ निश्चिति समयमा तोकिएको स्थानमा आएर बसिदिनुहुन अनुरोध गरिन्छ बस छुटेमा चालक जिम्मेवारी हुनेछैन ।
१) फाहाहिल (एन बि के बैंक बस स्टप ) बिहान: ०७:३० बजे
२) मङ्गाफ (सुल्तान सेन्टर) बिहान: ०७:१५ बजे
३) माबुल्लह( फ्राइडे रेस्टुरेन्ट सि साइड) बिहान :०७:३० बजे
४) फिन्टास ( रोड नं -३० बस स्टप ) बिहान: ०७:४० बजे
५) साल्मिया (द्वार मस्लक ) बिहान: ०८:०० बजे
६) फरवानियाँ ( सिटी राेड) बिहान: ०८:२० बजे
बस प्रतीक्षामा बस्दा बस चालक ( यातायात संयोजक) केश गुरुङ लाई यो 65904191 Viber नं मा सम्पर्क गर्नु होल ।
अहिले कुवेत सरकारले व्यापक चेक जाँच गरेर धम्माधम् पक्रेर डिपोट गरि जुन देशको नागरिक हो उहीँ देशमा फिर्ता पठाइएको सर्वविदितै छ ।
तेसैले कुवेत को कानुन लाई पनि सिरोपर गरि निम्न नियम हरु पारित गरिएको छ ।
कृपया यो नियम पालना गरौं कुवेत सरकार को सम्मान गरौं ।
नियमहरु :-
“““““
१) ल्होसार मा आउनुहुने कसैले पनि मादक पदार्थ सेवन गरेर वा लिएर आउन नपाउने ।
२) कुनै किसिमको हतियार लिएर आउन नपाउने ।
३) प्रवेश द्वारमा चेक जाँच गरेर भित्र जाने ।
४) हलको ढोका, र बाहिर कुनैपनी ब्यक्ति हरु बस्न उभिन नपाउने ।
५) हल बाहिर होहल्ला र जमात गर्न नपाउने ।
६) कुवेती पुलिस पनि आउने भएको ले अकामा (Civil ID) लिएर आउने ।
७) कार्यक्रममा कुवेतीहरु पनि आउने भएकोले महिला दिदीबहिनीहरुले अंग देखिने पहिरन नलगाउने ।
मिति – ०८ जनवरी २०१६(शुक्रबार)
समय- बिहान ठिक १० बजे
स्थान – जिलिब वेडिंग हल (म्याकडोनल्स वा पुलिसचौकी पछाडी)
आयोजक – तमु प्येल्हु संघ,कुवेत