सिके राउतका कार्यकर्तालाई गिरफ्तार गर्न सिराहा प्रशासनको आदेश


‘जनमत संग्रह’ का नाममा राज्य विप्लव गरेको ठहर
ck-raut-1२१ पुस, काठमाडौं । देश विखण्डनका लागि मधेसमा ‘जनमत संग्रह’ गर्दै हिँडेका सिके राउतका कार्यकर्तालाई गिरफ्तार गर्न सिराहा जिल्ला प्रशासनले प्रहरीलाई आदेश दिएको छ । सिके राउतका कार्यकर्ताले ‘नेपालमै बस्ने कि मधेसलाई अलग्गै देश बनाउने’ भन्ने दुई विकल्पमा जनमत संग्रहको नाटक मञ्चन गर्न थालेको भन्दै यसलाई क्षम्य मान्न नसकिने सरकारी अधिकारीले बताएका छन् ।
‘यो गम्भीर प्रकारको अपराध हो, देश टुक्र्याउने गतिविधि गर्नु भनेको राज्य विप्लवको अपराध हो,’ सिराहाका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर बीकेले अनलाइनखअबरसँग भने- ‘त्यस्तो कार्य गर्दै हिँडेका व्यक्तिहरुको पहिचान गरी ’emलाई अदालतमा उभ्याइनेछ र राज्य विप्लवमा मुद्दा चलाइनेछ ।’
यस्तो छ सिके राउतको योजना
Ck-Raut-planeमधेसलाई नेपालबाट टुक्र्याएर अलग्गै देश बनाउने भन्दै हिँडेका राउतले अहिले मधेसमा गरिरहेको जनमत संग्रहको नाटकलाई अलग्गै देश बनाउने अभियानसँग जोड्ने र यसको फुटेज संयुक्त राष्ट्र संघमा पठाएर मधेसमा सामानान्तर सरकार चलाउने आफ्नो योजना सार्वजनिक गरेका छन् ।
सुरुमा जनचेतना निर्माण गर्ने, त्यसपछि निर्वाचन आयोग गठन गर्ने, मधेसी पार्टीहरुले उमेद्वारी दर्ता गरेर मधेसमा आफ्नै चुनाव गराउने अनि मधेस संसद र मधेस सरकार गठन गर्ने राउतको योजना छ ।
मधेस सरकार र मधेस संसद घोषणा गरेपछि मधेसलाई स्वतन्त्र देशका रुपमा घोषणा गर्ने र प्रतिरक्षा आन्दोरनका साथै राष्ट्र संघलाई गुहारेर जनमत संग्रह गराई नेपालबाट अलग हुने उनको ग्राण्ड डिजाइन छ ।
सरकारले यसअघि पनि सिके राउतलाई राज्य विप्लवमा मुद्दा चढाएको थियो । तर, उनलाई धरौटीमा छाडिएको थियो ।
अमेरिकामा पढेेर आएका राजबिराजका राउतले केही वर्षयता तराई मधेसमा स्वतन्त्र मधेसको नारामा आफ्नो गतिविधि गर्दै आएका छन् ।(अन्लाईनखबर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.