कानुनविपरीत पूर्वविशिष्ट पदाधिकारी र सांसदलाई गाडीलगायतको सुविधा


सुविधा लिनेमा अमरेस कुमार सिंह, झलनाथ खनाल, लोकेन्द्रबहादुर चन्द, वामदेव गाैतम र खिलराज रेग्मीलगायत
बलराम बानियाँ, काठमाडौं
03012016080557bilashi-1000x0पुस १९, २०७२- सरकारले कानुनविपरीत पूर्वविशिष्ट पदाधिकारीदेखि बहालवाला सांसदसम्मलाई धमाधम चालक, इन्धन र मर्मत खर्चसहित विलाशी गाडी सुविधा दिन थालेको छ । सरकारले पूर्वराष्ट्रपतिदेखि कांग्रेस सांसद अमरेशकुमार सिंहसम्मका नेतालाई कुनै कानुन र मापदण्डबिना नै चालक, इन्धनसहितको गाडी सुविधा दिइरहेको छ । सरकारले थप पूर्वविशिष्ट पदाधिकारी र प्रभावशाली नेतालाई यस्तो सुविधा दिने तयारी गरिरहेको जानकारीसमेत एक सरकारी अधिकारीले दिए ।

अघिल्लो सरकारको पालामा पूर्वराष्ट्रपतिदेखि पूर्वसभामुखसम्मलाई सचिवालय, आवाससहित विलाशी गाडी सुविधा दिने व्यवस्था गर्न विधेयक संसदमा पेस गरेको थियो ।

पूर्वविशिष्ट पदाधिकारीहरूलाई सुविधा दिने कुराको तीव्र विरोध भएपछि तत्कालीन सभामुख सुवास नेम्वाङको निर्देशनमा तत्कालीन गृह मन्त्री वामदेव गौतमले विधेयक फिर्ता गरेका थिए । अहिले आएर कानुनविपरीत गाडी सुविधा लिनेमा नेम्वाङ र गौतम नै अग्रपंक्तिमा रहेको जानकारी सरकारी अधिकारीले दिएका छन् ।

सरकारबाट विलाशी गाडीसहितको सुविधा पाउनेमा पूर्वराष्ट्रपति रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा, पूर्वप्रधानमन्त्रीहरू लोकेन्द्रबहादुर चन्द, झलनाथ खनाल, खिलराज रेग्मी, पूर्व सभामुख सुवास नेम्वाङ र पूर्वगृहमन्त्री वामदेव गौतम र कांग्रेस सांसद अमरेशकुमार सिंहसमेत छन् ।
गृह मन्त्रालय स्रोतका अनुसार चन्दलाई २०७१ फागुन ४ देखि बा १ झ ६४९८ इसुजु जिप, खनाललाई २०७१ जेठ १९ देखि बा ११च ६४३८ नम्बरको स्कोर्पियो जिप उपलब्ध गराइएको उल्लेख छ । पूर्वप्रधानमन्त्रीहरू र मन्त्रिपरिषदका पूर्वअध्यक्षलाई पछुवा सुरक्षाकर्मीसहितको पछुवा गाडी सुविधासमेत दिइएको छ ।

स्रोतका अनुसार चुनावी मन्त्रिपरिषदका अध्यक्ष रेग्मीलाई २०७१ मसिर २४ देखि बा २ झ ११३ स्कोर्पियो जिप, पूर्वगृहमन्त्री गौतमलाई २०७२ कात्तिकदेखि स्कोर्पियो जिप गाडी सुविधा दिइएको छ । कांग्रेस सांसद सिंहलाई २०७१ फागुन १५ देखि बा ११च ६४३७ स्कोर्पियो जिप र दुई सुरक्षाकर्मी उपलब्ध गराइएको छ ।

सहरी विकास मन्त्रालयले पूर्वराष्ट्रपति यादवलाई मासिक डेढ लाख रुपैयाँ भाडाको आवास र चार कर्मचारी रहेको सचिवालयसहित विलाशी गाडी दिएको छ । राष्ट्रपति कार्यालयले यादवलाई टोयोटा प्राडो गाडी, चालक, इन्धन र मर्मतसहितको सुविधा दिएको छ ।

उपराष्ट्रपति कार्यालयले पूर्वउपराष्ट्रपति झालाई टोयोटा प्राडो गाडी र संसद सचिवालयले नेम्वाङलाई ७० लाख रुपैयाँमा खरिद गरी चालक र इन्धनसहितको गाडी सुविधा दिएको छ ।

सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, माधवकुमार नेपाल, पुष्पकमल दाहाल, बाबुराम भट्टराई र सुशील कोइरालालाई पनि विलाशी गाडी सुविधा दिने तयारी गरिरहेको छ । सरकारले पूर्वप्रधानमन्त्रीहरू सबैलाई सुरक्षाकर्मीसहित सवारी साधन भने पहिल्यैदेखि उपलब्ध गराइरहेको छ ।
(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.