देशभरका १८ वटा विमानस्थल गौचरनमा परिणत, किन थन्कियो निर्माणको काम ?


16010330naनेपाल नागरिक उड्डयन प्राधिकरणले तीन वर्षअघि करिब १४ करोड रुपैयाँ खर्च गरेर कालोपत्रे सम्पन्न गरेको मनाङस्थित मनाङ विमानस्थलमा अहिलेसम्म व्यावसायिक उडान हुन सकेको छैन ।

सडक यातायातको सहज पहुँच विस्तार भइसकेको मनाङमा कुनै पनि कम्पनीले उडान सञ्चालनका लागि इच्छा देखाएका छैनन् । कुनै समय साताको १० वटासम्म उडान हुने ओखलढुंगास्थित रुम्जाटार विमानस्थलमा अहिले हप्तामा मुस्किलले तीनवटा मात्र उडान हुने गरेका छन् ।

हालसम्म सञ्चालनमा रहेको विमानस्थलको सूचीमा रहेका यी दुई विमानस्थलको पछिल्लो स्थिति हेर्दा यहाँ लामो समय व्यावसायिक उडानको सम्भावना देखिँदैन । यस्तै, समस्या भोग्दाभोग्दै मुलुकभर १८ वटा विमानस्थल बन्द भइसकेका छन् । देशभर निर्माणाधीन ६ वटासहित ५६ वटा विमानस्थल रहेका छन् । त्यसमध्ये ३२ वटा विमानस्थल सञ्चालनमा रहेको भए पनि व्यावसायिक दृष्टिकोणबाट धेरै विमानस्थलको अवस्था सञ्तोषजनक नरहेको प्राधिकरणका निर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए ।

प्राधिकरणका अनुसार नेपालमा निर्माण सम्पन्न भइसकेका र निर्माणाधीन विमानस्थलमध्ये ५० प्रतिशत आयोजना राजनीतिक दलका नेताले आफ्नो क्षेत्रमा विमानस्थल पार्ने नियतस्वरूप अगाडि बढेका हुन् । विमानस्थल निर्माणपछि सो स्थानमा नियमित उडान तथा व्यावसायिक सफलताको सम्भावना’bout अध्ययन नगर्दा धेरै विमानस्थल बेकामे भएर बस्नुपरेको निर्देशक क्षेत्रीको भनाइ छ । ‘सडक यातायातको सञ्जालले नछुँदा जिल्लाको जुन स्थानमा विमानस्थल भए पनि सेवाग्राही धाएर पुग्नुपर्ने बाध्यता थियो,’ उनले भने, ‘बाटोघाटोले क्षेत्रीय सहरलाई जोडेपछि साताको एउटा उडान हुने जहाज कुरेर को बस्ने ?’
सडक यातायात पुगे पनि पर्याप्त यात्रु पाउने गन्तव्यका विमानस्थलमा वायुसेवा कम्पनीबीच तीव्र प्रतिस्पर्धा छ । भरतपुर, पोखरा, सिमरा, भैरहवा, विराटनगर, लुक्कालगायत विमानस्थलमा उडानका लागि नेपाल वायुसेवा निगमसहित निजी कम्पनीले प्रतिस्पर्धा गरिरहेका छन् । विमान कम्पनीसँग पर्याप्त जहाज नहुने र भएका जहाज बढी यात्रु पाउने स्थानमा खटिएपछि दुर्गम क्षेत्रका अधिकांश विमानस्थल बेकामे बनेको प्राधिकरणको भनाइ छ ।

ठूलो आर्थिक भार बेहोरेर बनाइएका विमानस्थल गौचरनमा परिणत भएकोप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले पनि तीव्र असन्तुष्टि व्यक्त गरेका छन् । ‘जनताले विमानस्थल हेर्न मात्र चाहेका होइनन्, गाईवस्तु चराउने गौचरन पनि चाहेका होइनन्,’ उनले भने, ‘प्राधिकरणमार्फत बन्ने आयोजनाबाट जनताले प्रत्यक्ष लाभ पाउनुपर्‍यो ।’ यसैबीच, प्राधिकरणले नवनिर्माण र स्तरोन्नति गर्नुपर्ने विमालस्थलको सम्भाव्यता अध्ययनपछि मात्र प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । कुनै पनि दबाब र हचुवाका भरमा आयोजना अगाडि नबढोस् भन्नेमा प्राधिकरणको वर्तमान नेतृत्व सचेत रहेको निर्देशक क्षेत्रीले बताए ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.