सांस्कृतिक मन्चले छैटौ वार्षिक उत्सब मनायो


कोसेली न्युजडटकम,
10371731_1014602418599256_2788175613273611695_nकुवेतको सबै भन्दा पुरानो सांस्कृतिक संस्था नेपाल कुवेत सांस्कृतिक मन्चले आफ्नो छौटौ वार्षिक उत्सब आज जनावरी १ तारिकमा कुवेतको मिसिला बिच”सामुन्द्रिक किनार”मा एक जमघटको आयोजना गर्दै मनाएको छ।कार्यक्रममा नेपाल कुवेत सांस्कृतिक मन्चका संस्थापक, सल्लाहाकार, संरक्षक र सम्पूर्ण कलाकारहरु लगाएत कुवेतमा कृयाशिल बिभिन्न संघ-संस्थाका प्रतिनिधिहरु तथा पत्रकारहरुका बिच नयाँ बर्ष २०१६को शुभ-कामना आदान प्रदानको साथ बिभिन्न सहयोगी ब्यक्तित्वहरुलाई सम्मान गरिएको छ।

नेपाल कुवेत सांस्कृतिक मन्चका अध्यक्ष माधव शर्माको सभापतित्वमा आयोजित वार्षिकोत्सबमा एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङ, एनआरएन मध्यपूर्व उप-संयोजक धर्मराज गिरी, आईसिसी कोअर्डिनेटर तथा नेपाल कुवेत सांस्कृतिक मन्चका संस्थापक सुजन केसीले शुभकामना ब्यक्त गरेका थिए। त्यसै गरी नेपाल कुवेत सांस्कृतिक मन्चका संरक्षक- टिकाराम आचार्य,सल्लाहकार हरी कृष्ण न्यौपाने, टोमलाल पराजुली, कुमार झापाली,कल्याण श्रेष्ठ, युएई एक्स्चेन्जका राम बस्नेत लगाएतले नयाँ बर्षको शुभ-कामना ब्यक्त गरे।मन्चका उपाध्यक्ष गोबिन्द बरालले उपस्थित सम्पूर्ण अतिथिहरुलाई स्वागत गरे भने कोशाध्यक्ष डोलराज न्यौपानेले मन्चले बर्ष दिन भरी गरेका कामहरु अनी गरेका मानबिय साथ सहयोग लगायतको आय-ब्यय प्रस्तुत गरे।

कार्यक्रममा नेपाल कुवेत सांस्कृतिक मन्चलाई सधैं साथ-सहयोग र हौसला प्रदान गर्ने कुमार झापाली(ध्रुब कुमार संग्रौला),सुमित्रा पौडेल र बिष्णु परियारलाई दोसल्ला ओढाई बिशेष सम्मान गरेको थियो। भने नेपाल कुवेत सांस्कृतिक मन्चले गरेका हरेक गतिबिधी बाहिर ल्याउदै समाचार संप्रेशण गर्ने पत्रकारहरु जय आले ,नबराज पन्थी,लामा भाई,(इस्टमान वाइबा), र राज मल्ल ठकुरीलाई सम्मान गरेको छ। कार्यक्रममा लामा भाई र जय आले भने उपस्थित थिएनन। मन्चका महासचिब अनिल रसाइलीले कार्यक्रमको सन्चालन गरेका थिए भने वार्षिक कार्यक्रममा खसी तथा खुखुराको बार्बिक्यु सहित खान-पिनको राम्रो ब्यबस्था गरिएको थियो।

दिनको १ बजे बाट शुरु भएको कार्यक्रम बेलुकी ६ बजे सम्म चलेको थियो।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.