नेपाल पत्रकार महासंघ जापान शाखाको दोस्रो साधारण सभा सम्पन्न भएको छ । सुचनाको हक र प्रेस स्वतन्त्रता ,श्रमजिवि पत्रकारहरुको हितको लागि हाम्रो प्रतिबद्धता भन्ने नारा सहित सभा जापानको टोकियोमा सम्पन्न भएको हो ।
नेपाल पत्रकार महासंघ, केन्द्रीय सदस्य पवनवर्षा शाहको प्रमूख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपालका लागि जापानको कार्यबाहक राजदुत गेहेन्द्र राज भण्डारी ,एनआरएनए आईसिसीको उपाध्यक्ष भबन भटट ,एनआरएनए आईसिसीको सदस्यद्धय ओम गुरु ,कपिलदेव थापा ,एनआरएनए जापानका उपाध्यक्ष देविलाल भण्डारी, आदिबासी जनजाति महासंघ,जापानका अध्यक्ष पासाङ शेर्पा लगायत यहां कृयाशिल संस्थाका प्रतिनोधिहरुले शुभ कामना मन्तब्य राखेका थिए।
प्रमुख अतिथिको आशनबाट बोल्दै महासंघकी केन्द्रीय सदस्य शाहले प्रबासको पत्रकारीताको विकासको लागि सबै देशको पत्रकारहरुको काउन्शिलिङ गरेर गहन छलफल गरि अगाडि बढ्नु पर्ने बताउनुभयो ।
गत अप्रिलमा नेपालमा गएको महाभूकम्पका कारण महासंघको साधारण सभा प्रभावित भई ढिलो भएको थियो । नेपाल पत्रकार महासंघ केन्द्रले सबै शाखा, बैदेशिक शाखा एवं एशोसियट संस्थाहरुलाई आगामी माघ मसान्तभित्र साधारण सभा सम्पन्न गरिसक्न निर्देशन दिए बमोजिम जापान शाखाले पनि हतारमा साधारण सभा गरेको महासंघका अध्यक्ष तिलक मल्लले जानकारी दिएका थिए ।
त्यस्तै पत्रकार महासंघ जापानका सल्लहकार भुषन घिमिरेले जापानमा रहेर बिभिन्न मिडियामा क्रियाशील पत्रकारहरुबीच आपसी सहयोग, सम्बन्ध र भाइचाराको बिकास गर्दै पत्रकारहरुको हक, हित र प्रेस स्वतन्त्रताको पक्षमा उभिन पत्रकारहरुलाई आग्रह पनि गरेका थिए ।
यस अघि साधारण शभाको बन्द सत्रले कार्यबाहक सचिव बिनोद सापकोटाले प्रस्तुत गरेको महासंघको प्रगति प्रतिबेदन र कोषाध्यक्ष श्रवण सत्यालले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन सर्बसम्मतले पारित गरेको थियो।
राजीनामा तथा पदपुर्ति
नेपाल पत्रकार महासंघ,जापानको उपाध्यक्ष प्रकास पौडेल’माईला’ र सचिव नारायणि आचार्यले कार्य ब्यस्तताका कारण दिएको राजीनामा बन्द सत्रले पारित गरेको छ।
बांकी कार्यकालको लागि रिक्त हुन आएको उपाध्यक्षमा बेलुकाजी थापा र सचिवमा बिनोद सापकोटा र सह९सचिवमा कुमार मोक्तानलाई मनोनयन पनि गरेको छ।कार्यक्रम अध्यक्ष तिलक मल्लको सभापतित्वमा सम्पन्न भएको थियो ।