पोखरामा एकै परिवारको ४ जनाको निसास्सिएर मृत्यु


लालप्रसाद शर्मा , पोखरा
पुस १५, २०७२- पोखरा-१४ चाउथेस्थित प्रगती टोलमा गएराति कोठामा निसास्सिएर एकै परिवारका ४ जनाको मृत्यु भएको छ । कोठामा आगो सल्केर निस्केको धुँवाले निसास्सिएर मृत्यु हुनेमा घरधनी सीता थाल राना, उनको १२ वर्षीय छोरा सीमन्त राना, २२ वर्षीया दिदीको छोरी बसन्ती राना र सीताको आमा ७५ वर्षीया गंगाकुमारी थालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी गुजुसिद्धि बज्राचार्यले बताएका छन् ।

उनका अनुसार घरमा आज बिहान झ्याका सिसा कालो देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाउनेवित्तिकै घटनास्थल पुगेको प्रहरीले चारै जनालाई मृत अवास्थामा भेटेको थियो ।

२ तले घरको माथिल्लो तलको एउटा मात्रै कोठामा आगो लागेको छ । आगो के कारणले लागेको अहिलेसम्म थाहा नभएको डिएसपी बज्राचार्यले बताए । उनले भने, ‘हामीले अनुसन्धान थालेका छौँ । सबैको मृत्यु निसास्सिएर भएको देखिन्छ । उनीहरु जलेका छैनन् ।’

सीताका श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन् ।(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.