Daily Archives: 30/12/2015

केपी ओलीलाई ‘लखेट्ने’ बेला भइसक्यो र ?


विष्णु रिजाल
‘ओलीका खुट्टा बाँध्ने एमाओवादी, कांग्रेस र भारत हुन्’
KP-Oliप्रधानमन्त्री केपी शर्मा ओलीले शासन सम्हालेको तीन महिना पनि पुगेको छैन । एकदमै प्रतिकूल अवस्थामा घीनलाग्दा भित्री र बाहिरी चलखेललाई चिरेर उहाँ सत्तामा पुग्दा मुलुकको स्थिति जस्तो थियो, त्यसमा आजसम्म ताात्विक सुधार आएको छैन । पढ्नेक्रम जारी राख्नुहोस्

कर्मचारी, सेना र प्रहरीले रक्सी र कुखुरासँग साटे राहत


सुदीप कैनी, गोरखा
राहतमा रजाइँ
301220150802351-29121-1-DSC08214-1000x0पुस १५, २०७२- नेपाली सेनाको चौबीसै घण्टा डयुटी हुने ब्यारेकभित्रको गोदामबाट राहत सामग्री हरायो भन्दा अनौठो लाग्छ । प्रहरी नै चोरीमा संलग्न थिए भनेर पत्याउन अझ मुस्किल पर्छ । तर, घटनाले त्यही पुष्टि गरेको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिको गोदामबाट राहत सामग्री गायब भएको घटना सुनेर भूकम्पपीडित छक्क परेका छन् । ‘कार्टुनभित्र बाल्टी, थाल र प्रेसर कुकर राखिएको थियो,’ समितिका एक सदस्यले भने, ‘कार्टुनबाट प्रेसर कुकर गायब पारियो । थाल र बाल्टी जस्ताको तस्तै छ ।’ पढ्नेक्रम जारी राख्नुहोस्

पोखरामा एकै परिवारको ४ जनाको निसास्सिएर मृत्यु


लालप्रसाद शर्मा , पोखरा
पुस १५, २०७२- पोखरा-१४ चाउथेस्थित प्रगती टोलमा गएराति कोठामा निसास्सिएर एकै परिवारका ४ जनाको मृत्यु भएको छ । कोठामा आगो सल्केर निस्केको धुँवाले निसास्सिएर मृत्यु हुनेमा घरधनी सीता थाल राना, उनको १२ वर्षीय छोरा सीमन्त राना, २२ वर्षीया दिदीको छोरी बसन्ती राना र सीताको आमा ७५ वर्षीया गंगाकुमारी थालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी गुजुसिद्धि बज्राचार्यले बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्