Daily Archives: 29/12/2015

हार्दिक शुभकामना


26754_1285564376955_3869336_nदेश बिदेशमा रहनुहुने तमु (गुरुङ)तथा गैर तमुहरुको महान पर्व ल्होसार पर्व ‘ल्हु’ ल्हो (भेडा) बर्गको बिदाइ तथा प्र–ल्हो (बादर) बर्गलाई स्वागत गर्ने उपलक्षमा मेरो तर्फबाट र म अबद्धध भएको सस्था गैर आवसीय नेपाली संघ अन्त राष्ट्रिय समन्वय परिषदको तर्फबाट हार्दिक शुभकामना ब्यक्त गर्दछु।

धर्म राज गिरी
मध्य पूर्व उपसंयोजक
गैर आवसीय नेपाली संघ अन्त राष्ट्रिय समन्वय परिष

चीनले नेपाललाई १४ लाख लिटर इन्धन अनुदान दिने


चन्द्रशेखर अधिकारी, काठमाडौं
पुस १४, २०७२- चीनले नेपाललाई फेरि १० मिलियन अारएमबी (चिनियाँ मुद्रा) बराबरको १४ लाख लिटर इन्धन अनुदानमा दिने सहमति भएको उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले बताएका छन् । आफ्नो चीन भ्रमण पूरा गरी फर्किएका थापाले त्रिभुवन विमानस्थलमा संवाददाताहरुसँग कुरा गर्दै यो सहयोग’bout बताएका हुन् । चीनले यसअघि पनि नेपाललाई यति नै मात्रामा इन्धन अनुदान दिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

नाका धर्ना छाड्ने माेर्चाकाे सुरसार


बसन्त बस्नेत, काठमाडौं
28122015084716Morcha-1000x0पुस १४, २०७२- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकमा नाकाबन्दी खोल्ने प्रस्तावले पहिलो पटक प्रवेश पाएको छ। सिंहदरबारमा आइतबार बसेको बैठकमा पुस मसान्तदेखि लागू हुने गरी नाकाबन्दी खोल्ने’bout मोर्चा आबद्ध चार दलबीच छलफल भएको हो। असोज ३ मा संविधान जारी भएको तेस्रो दिनदेखि मोर्चाले घोषणा गरेको नाका धर्नाका कारण जनजीवन अस्तव्यस्त हुँदै गएको र मधेसमै आन्दोलनकारीको उपस्थिति घट्न थालेको भन्दै चार दलका नेताले संघर्षको स्वरूप बदल्ने बेला आएको विचार राखेका थिए। पढ्नेक्रम जारी राख्नुहोस्

डिसेम्वर ३० तारिखका दिन दुतावास बन्द रहने


गुरुङ (तमु) समुदायहरुको महान चाड ल्होसरको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै उक्त दिन बन्द रहने ब्यहोरा सम्वन्धित सबैको जानकारी को लागि सुचित गरिएको छ।1660497_954501727918700_8169150776745410932_n