सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई क्रिष्टमसको चुले निम्तो


सुरेश गुरुङ ,कुबेत
12373334_419350974921908_3960239392059579311_nईसाई धर्मावलम्बिहरुको सबैभन्दा महान पर्व क्रिष्टमस आउन अब केही दिन मात्र बाँकी छ । हरेक बर्ष २५ डिसेम्बरलाई प्रभु यशुको जन्मदिन मानी ईसाई धर्ममा आस्थावानहरुले उक्त दिनलाई बडादिन या क्रिष्टमस भनेर मनाउने प्रचलन छ ।
आफ्नो धार्मिक परम्परा र संस्कृतिलाई दिगो राख्न र जगेर्ना गराउन युरोप र अमेरिकी मुलका मात्र नभई संसारका हरेक कुनामा रहेका ईसाईहरु यस पर्वलाई मनाउन आतुर देखिन्छन भने कुवेतको नेपाली समाजमा बर्षौदेखी चिर-परिचित इभान्जेलिकल नेपाली चर्च कुवेतले पनि हरेक बर्ष झैं यसपाली पनि २५ डिसेम्बरका दिन भव्यतापूर्वक क्रिष्टमस मनाउने तयारी गरेको छ ।

इभान्जेलिकल नेपाली चर्च कुवेतका धर्मगुरु पाष्टर अगम बहादुर लिम्बुले सम्पूर्ण कुवेतमा रहेका क्रिष्टियन तथा गैर-क्रिष्टियन नेपालीहरुलाई निमन्तण दिंदै, २५ डिसेम्बरका दिन कुवेतको मालियास्थित इभान्जेलिकल नेपाली चर्चमा दिनको ठीक 12 बजे देखी 2:30 बजे सम्म बिशेष सु-समचार युक्त भजन,न्रित्य, नाटक प्रबचन गर्ने कार्यक्रम रहने  कुवैतमा कृयाशिल सम्पूर्ण संघ-सस्था, सामजसेवी, बुद्दिजिबी,भद्रभलाद्मी, पत्रकार,कलाकार,खेलाडी,राजनीतिज्ञ, सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाईदिनुहुना हार्दिक निमन्त्रणा गदै चुले निम्तो धर्मगुरुलेजानकारी दिनु भएको छ

थप जानकारी को लागि
मिति : 25 डिसेम्बर 2015 शुक्रवार ।
स्थान : नेपाली ख्रीष्टियान चर्च मालिया कुवैत ।
समय : दिउँसो ठिक 12 बजे देखि 2:00 बजे सम्म ।
साथमा : ख्रीष्टमस विशेष भजन, नृत्य, नाटक ।
प्रेमभोज आयोजना : 2:00 बजे – 2: 30 बजे सम्म
बिशेष जानकारिको निम्ति निम्न मोबाईलमा
सम्पर्क गर्नुहोला : 94455103

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.