सुरेश गुरुङ, कुबेत
कुवेतमा १७ बर्ष पहिला स्थापना भएको कुवेतको सबैभन्दा पुरानो संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतले आफ्नो १७ औं वार्षिकी हिजो पूर्व अध्यक्ष जयआलेको निवास सालमिया मा मनायो
रोजगारीको सिलसिलामा कुवेत नगरीमा रहनु भएका आम नेपाली नागरिकहरुबीच आपसी भाइचाराको सुमधुर सम्बन्ध, परिचयात्मक वातावरणको सृजना र एकताको शुत्रमा आवद्द हुने साथै प्रवासी नेपाली खेलाडिहरुको खेल प्रतिको भावनात्मक सम्बन्धलाई टुट्न नदिने र खेल जगतको कला-कौशलतालाई प्रदर्शन गर्ने अवसर प्रदान गरी पुरस्कृत समेत गर्दै थप प्रोत्साहित गराउने उद्देश्यकासाथ क्लवले हालै सम्पन्न गरेको १७ औं माउन्ट एभरेष्ट एम.बी बमजन गोल्ड कपको समिक्षा गर्दै मनाईएको वार्षिक उत्सव कार्यक्रमलाई क्लवका अध्यक्ष जितेन थिंग सभापतित्व रहेको थियो ।
वार्षिक उत्सवको ’boutमा बोल्दै क्लव अध्यक्षले क्लवले आफ्नो १७ औं वार्षिक उत्सव ब्रिहत रुपमा मनाउन नपाए पनि १७ बर्ष पहिला जन्म भएको संस्थाको जन्म दिनलाई कुनै पनि नेत्रित्वले भुल्न नहुने र हमेशा मनाईंदै आएको दिनलाई निरन्तरता समेत दिने हेतुले केक काटेर भए पनि मनाऔ र क्लवको दिर्घायु र उज्जवल भविष्यको कामना गरौं भन्दा सबैले ताली बजाएर केक काटिएको थियो ।