गोमादेवी ढकाल पौडेल (श्रम सहचारी, कुवेत)
विधवालाई अपवित्र देख्नेहरुले कस्तो समाज बनाउलान् ?
यतिबेला मुलुकले एक महिला राष्ट्राध्यक्ष पाएको छ । यसले पक्कै पनि आम नेपाली महिलालाई गर्वको महसुस बनाएको छ । व्यक्तिगत रुपमा भन्नुपर्दा मलाई विद्यादेवी भण्डारी राष्ट्रपति हुँदाभन्दा पहिलो राष्ट्रपति रामवरण यादव हुँदा बढी खुशी लागेको थियो । एउटा सर्वसाधारण जनताको छोरो मुलुकको राष्ट्राध्यक्ष भएकोमा । राजतन्त्रको समाप्ति, गणतन्त्रको स्थापना र एउटा नागरिक राष्ट्रपतिमा निर्वाचित हुँदा आम नेपालाी जनतालाई पनि त्यस्तै लागेको थियो । देशका सबै ठाउँबाट उनलाई गरिएको उच्च सम्मानले यसको सहजै अनुमान गर्न सकिन्थ्यो । सम्पूर्ण नेपाली जनताले उनलाई सम्मान दिए । कुनै पनि जनताले रामवरणलाई ‘मधेसी’ भन्ने नजरले हेरेनन् । पढ्नेक्रम जारी राख्नुहोस् →
Like this:
Like Loading...