साकेला उधौली मनाउदै किराँत राई यायोक्खा कुवेत ।


कोश राज राई, कुवेत

IMG_0019१८ डिसेम्बर,किराँत राई यायोक्खा, कुवेत शाखाले उधौलीको अवसरमा भर्खरै कुवेतमा सम्पन्न एन बि बम्जन गोल्ड कपका उप बिजेता टिम ” किराँत राई यायोक्खा फुटबल टिम” लाई सम्मान कार्यक्रमको आयोजना गरी खेलाडीहरुको सम्मान गरेको छ। किरायाले आज कुवेत स्थित फर्वानियामा साकेला उधौली र किराँत नयाँ बर्ष यले दोङ ५०७५ को अबसरमा शुभकामना, भेटघाट तथा चियापान कार्यक्रमको आयोजना गरी खेलाडीहरुको सम्मान गरेको हो। खेलाडीहरुलाई प्रमाण पत्र र खादा ओढाई सम्मान गरिएको छ।

IMG_0029उक्त अबसरमा बोल्दै संस्थाका संस्थापक अध्यक्ष तथा किराँत राई अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष अमित चाम्लिङले उप बिजेता टिमका खोलाडीहरुलाई हार्दिक धन्यबाद ब्यक्त गर्नु हुँदै किराँत राईहरुको नयाँ बर्ष,साकेला उधौलीको ’boutमा प्रष्ट्याएका थिए। यसका साथै किराँत राईहरू प्रति बजारमा भएका बिभिन्न टिकाटिप्पणी प्रति ईङ्गित गर्दै, किराँतीहरु कुनै जात धर्मको बिरुद्द नभएको स्पष्ट पारेका छन् साथै किरात राई यायोक्खा कुनै धर्म प्रचारक नभई सम्पूर्ण भाषा,धर्म,संस्कार संस्कृतिको सामान अस्तित्व र सम्मान गर्दछ । यसका साथै केहि कुत्सित मनसाय भएका ब्याक्तिहरुले किराँतीहरु माथी यस्ता आरोप लगाउने गरेको उल्लेख गरेका छन्। यस प्रति हाम्रो घोर आपत्ति छ उनको भनाई थियो।

IMG_0082साथै कार्यक्रममा संस्थाको सकृय सदस्य निर्मला राईको जन्म दिन परेको हुँदा उनको जन्म दिन पनी सोही कार्यक्रममा मनाई केक् काट्नुका साथै जन्म दिनको शुभ कामना प्रदान गरिएको थियो।
अध्यक्ष रमेश किराँतको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सन्चालन सुधिर राईले गरेका थिए भने, कोश राज राईद्वारा स्वागत मन्तब्य ब्यक्त गरियो। संस्थाका कलाकारहरु राज कुमार आठपहरिया राई, सबिन दुमी राई, आशा राई, नैन कला राई, निर्मला राई, प्रकाश राई, नेहा राई र युब राज राई द्वारा स्वागत गित प्रस्तुत गरिएको थियो। यस्तै गरी कार्यक्रममा साकेला नृत्य पनि प्रस्तुत भएको थियो। यस्तै गरी कलाकारहरु सबिन दुमी राई, राजु थापाले एकल गित प्रस्तुत गरेका थिए। राज कुमार आठपहरीया राई र आशा राईले युगल गित गाएर दर्शकको मन जितेका थिए। त्यस्तै गरी नेहा राईले एकल नृत्य प्रस्तुत गरिन्। कार्यक्रममा बिशिष्ठ अतिथिहरु बसन्त थापा, अर्जुन तामाङ, सुजन के सी, अमृत तामाङ, शिब सुब्बा मेयाङबो, सरण राईलेउधौली साकेलाको शुभकामना मन्तब्य ब्यक्त गरेका थिए। यस्तै गरी टिम म्यानेजर मोहन राईले खेलाडीहरुलाई हौसला प्रदान गरेका थिए।1

सम्मानित किराया फुटबल टिमका खेलाडीहरु
१)टीम म्यानेजर– मोहन राई
२)टीम क्याप्टेन— रबिन राई
३)टोक बहादुर गुरुङ्
४)दिल बहादुर मगर
५)बेल बहादुर चौधरी
७)दल बहादुर गुरुङ्
८)शिब कुमार लिंङदेन
९)राज थापा
१०) रमेश खम्बु
११)दागेन्द्र लावती
१२)सुधिश कुमार चौधरी
१३) जीतेन्द्र चौधरी
१४)अशोक गुरुङ्
१५) कर्ण बहादुर गुरुङ्
१६)अर्जुन अधिकारी
१७)इन्सान माझी
१८)लेक गुरुङ्
१९)तीर्थ राई
२०) पदम राई
२१) मोहन गुरुङ्
२२) टेकेन्द्र लावति
२३) दिल बहादुर गुरुङ्
२४) अमर श्रेष्ठ
२५) सर्बेद राजबंसी
२६)बिनोद गुरुङ
२७) अर्जुन माझि
२८) चाम छन्त्याल
२९)भवजित खडका
यसै गरी कार्यक्रमलाई एन आर एन ए अध्यक्ष अर्जुन तामाङले ५१ के डी र सरण कुलुङ राईले ५० के डी ७५० फिल्स सहयोग गरेका थिए।IMG_005423

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.