Daily Archives: 16/12/2015

राष्ट्रपतिले पूजा गरिरहँदा जानकी मन्दिर परिसरमा पेट्रोल बम प्रहार, कारकेडमा ढुंगामुढा


Janakpur-Janaki-temple१ पुस, जनकपुर । रामजनकी विवाह उत्सवमा सहभागी हुन जनकपुर पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीको कारकेडमा मधेसी मोर्चाका कार्यकर्ताहरुले ढुंगामुढा गरेका छन् । जानकी मन्दिर परिसरमा पेट्रोल बम समेत प्रहार भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

क्रिकेट संघ क्यानको अध्यक्षमा योगेश भट्टराई र महासचिवमा गगन थापाको नाम चर्चामा


लुइटेल दिनेश

Nepali-young-leader-Yogesh-Bhattari-with-Gagan-Thapafinalकाठमाडौँः नेपाल क्रिकेट संघ (क्यान)मा राजनीतिक नेतृत्व जाने चर्चा सुरु भएको छ । नेपाली कांग्रेस र एमालेका चर्चित युवा नेतालाई क्यानको नेतृत्व दिने विषयमा युवा तथा खेलकुद मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा व्यापक छलफल भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

२ दिन अघि हराएका नेपालीको रहस्यमय मृत्यु


परदेशी लाईफ संवाददाता , सोल
pahari-pardeshiईपिएस मार्फत दक्षिण कोरिया आएका मन्जिल पहरी आज मृत अवस्थामा भेटिएका छन । काभ्रेपलाञ्चोक सापिंग ५ स्थायी घर र भक्तपुर लोकन्थली अस्थायी ठेगाना भएका पहरी कोरियाका उईजम्बु स्थित पुचन सन्गुरीको हानिल सानवमा काम गर्दै आएका थिए । मंगबार उनी झुण्डिएको अवस्थामा फेला परेको संगै कार्यरत सुमन बरालल जानकारी दिएको हाम्रा सहकर्मी रन्जन कुवँरले बताएका छन ।
पहरी आइतबार संगै कार्यरत नेपालीहरुहरु संग बजार जादा अचानक वेपत्ता भएका थिए ।उनी साथीहरुसंग बजार जाने क्रममा फोनमा कुरा गरिरहेको अवस्थामा साथीहरुसंग छुट्टिएका थिए । साथीहरुले नजिकै होला भन्ने मानेर बसेको तर राती १० बजे सम्म नआएपछि छुट्टिएको क्षेत्रमा समेत खोज खवर गरेका थिए । उनी कम्पनी नजिकको पहाडी क्षेत्रको रुखमा मंगलबार झुण्डिएको अवस्थामा भेटिएका हुन । पहाड चढन गएका कोरियनले देखेर घटनाको ’boutमा जानकारी गराएको बताएको छ । पहरीको मृत्युको कारण थाहा हुन सकेको छैन । पढ्नेक्रम जारी राख्नुहोस्