प्रेस चौतारीको अध्यक्षमा गुरुङ, अधिबेनसको अवसरमा जिल्लाका तिनवटा रेडियो सम्मानित


aa_9e11f32041सङ्खुवासभा । प्रेस चौतारी नेपाल सङ्खुवासभाको अध्यक्षमा बिनोद सुब्बा गुरुङ नियुक्त भएका छन । सोमबार भएको तेस्रो जिल्ला अधिबेसनले गुरुङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा दिपेन्द्र राई , सचिवमा उमेश अधिकारी, सहसचिव बाबुराम बस्तोला, कोषध्यक्षमा मकर तामाङ सर्वसम्मतले चयन भएका छन । यसैगरी समितिको सदस्यहरुमा मनोज बानियाँ, नितेश तामाङ, शुशिल काफ्ले, बिनोद काफ्ले, जिवन श्रेष्ठ, शुरेश कटुवाल रहेका छन ।
समिति चयन पछी भएको बधाई आदान प्रदान कार्यक्रममा नवनियुक्त अध्यक्ष बिनोद गुरुङले जिल्लाको पत्रकारीता क्षेत्रलाई उचाईमा पुर्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । अधिबेसनको उदघाटन कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष हेमराज घिमिरे, बिशेष अतिथि पत्रकार महासंघ सङखुवासभाको अध्यक्ष छेटु शेर्पा रहेका थिए ।

तेस्रो जिल्ला अधिबेसन आयोजक कमिटिका संयोजक बिनोद सुब्बा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न राजनैतिक दलका प्रतिनिधी, संघ संस्थाका प्रतिनिधी लगायतले शुभकामना राखेका थिए । अधिबेसनले जिल्लाको सञ्चार क्षेत्रमा काम गरेको भन्दै जिल्लाका तिन वटा रेडियोहरुलाई सम्मान समेत गरेको छ ।
जिल्लाको सामुदायीक रेडियो खाँदबारी एफ.एम, गुराँस एफ.एम, र सुनाखरी रेडियो लाईभलाई सम्मान गरिएको हो । यस्तै अधिबेसनले सहित्यिक क्षेत्रमा कलम चलाएको सहित्यिकार ताराबहादुर बुढाथोकी, पत्रकार गंगा बिष्ट र छेटु शेर्पालाई सम्मान गरेको छ । कार्यक्रममा स्वागत मन्तव्य गंगा बिष्टले राखेका थिए भने कार्यक्रमको सञ्चालन मकर तामाङले गरेका थिए ।

sorch : khbarsansar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.