Daily Archives: 15/12/2015

चीनबाट ३० वटा विद्युतीय बस काठमाडौं ल्याइँदै


रवीन्द्र घिमिरे
२० वटा सित्तैमा, १० वटा महानगरपालिकाले किन्ने
Bus२९ मंसिर, काठमाडौं । चीन सरकारले नेपाललाई अनुदानमा २० वटा विद्युतीय बस दिने भएको छ । ती अत्याधुनिक एवं ठूला इलेक्ट्रिक बसहरु साझा यातायातमार्फत सार्वजनिक सवारीका रुपमा उपत्यकामा प्रयोग हुनेछन् । स्थानीय विकास मन्त्रालयमार्फत चीन सरकारले नेपाललाई २० वटा इलेक्ट्रिक बस दिन लागेको महनगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले अनलाइनखबरलाई जानकारी दिए । यी बसहरू व्याट्री चार्ज गरेर चलाउन सकिन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल ‘दक्षिण एसियाकै गरिब’


कुबेर चालिसे
काठमाडौं- भारतले लगाएको नाकाबन्दी र लम्बिँदो तराई–मधेस बन्दले गरिबी दर तीव्र रुपले बढिरहेको जनाउँदै अर्थविदहरुले नेपाल अब दक्षिण एसियाकै गरिब मुलुक बन्ने खतरा औंल्याएका छन्। भूकम्पको तान्डबबाट तंग्रिन नपाउँदै सुरु भएको तराई–मधेस हडताल र भारतले लगाएको नाकाबन्दीले हजारौंको रोजगारी खोसिँदा यस्तो अवस्था आएको हो। विश्व बैंकको पछिल्लो प्रतिवेदनअनुसार नेपाल दक्षिण एसियामा तेस्रो गरिब मुलुक थियो। बंगलादेश र भारतलाई उछिनेर देशले गरिबीमा निराशाजनक स्थिति सामना गर्नुपर्ने अवस्था आएको अर्थविदहरुको भनाइ छ। पढ्नेक्रम जारी राख्नुहोस्

नयाँ कप्तान भन्छन्,‘जिम्मेवारी बढेको छ’


राजु घिसिङ, काठमाडौं

12373312_10153136433407046_6994899847639572121_nमंसिर २९, २०७२- मुख्य प्रशिक्षक प्याट्रिक ओसेम्सले फरवार्ड अनिल गुरुङलाई सोमबार साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय टिमको कप्तान बनाएका छन् । यससँगै जिम्मेवारी बढेको अनिलले बताए । पढ्नेक्रम जारी राख्नुहोस्

प्रेस चौतारीको अध्यक्षमा गुरुङ, अधिबेनसको अवसरमा जिल्लाका तिनवटा रेडियो सम्मानित


aa_9e11f32041सङ्खुवासभा । प्रेस चौतारी नेपाल सङ्खुवासभाको अध्यक्षमा बिनोद सुब्बा गुरुङ नियुक्त भएका छन । सोमबार भएको तेस्रो जिल्ला अधिबेसनले गुरुङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्