कांग्रेस पार्टीका सभापति शुशिल कोईरालालाइ मकाउ बाट खुला पत्र


श्री आदरणीय पार्टी सभापति शुशिल कोईराला ज्यू,
जय नेपालको न्यानो अभिवादन।

photoआज म नेपाली कांग्रेस पार्टीको १३औ माहाधिवेशनको पूर्व सन्ध्यामा नेपाली कांग्रेस पार्टीको क्रियाशील सदस्यको हैसियतले यस विदेशी भुमि मकाउवाट खुल्ला पत्र मेरो लोकप्रिय अनलाईन पत्रिका सेतोपाटी मार्फत संप्रेशण गर्दैछु मैले भावनामा वगेर केहि नराम्रा शब्दहरू कोरीन गएमा मलाई माफ गर्नु होला।

सर्वप्रथम यस विदेशी भूमिवाट तपाईले संविधान वनाउँदा सवै दलहरूसंग सहकार्य गरेर नेपाली जनताले प्रतिनिधित्व गरी संविधान सभामा पठाएका सभासदहरूको अथक प्रयासले संविधान सभा मार्फत ६५ वर्ष पश्चात संविधान जारी गर्न सफल हुनु भएकोमा हार्दिक आभार प्रकट गर्दछु।नेपाली जनताले संविधान संविघानसभा मार्फत नै चाहन्थे सविधान असोज ३ गते जारी भयो।वहुसंख्यक नेपाली जनताले खुशीयाली मनाउनुका साथै दीपावली पनि गरे तर यहि संविधानमा केहि विमति जनाउदै तराईवासी दाजुभाई तथा दिदिवहिनीहरूले आन्दोलन मच्चाए आन्दोलन अहिले सम्म पनि जारी नै छ अझै समस्या समाधान हुन सकेको छैन आन्दोलनको दौडानमा ५० जना वढीले जीवनको वलीदानी दिए।संविधान वनाउदा विवाद सृजना हुनु स्वभाविकै हो तर यहि आन्दोलनलाई नै कारण देखाई भारतले नेपाल माथि अघोषित नाकावन्दी लगाए यो एकदमै दु:खको कुरा हो आज नेपाली जनता नाकावन्दीको मार खेपिरहेका छन।

जव नेपाली जनता माझ संविधान आयो संविधान जारी हुने वित्तिकै नेपाली जनताले तपाईलाई संविधानको पिता भिष्म पितामह वनाए स्वदेश तथा विदेशमा तपाईको चर्चा परिचर्चा भयो तपाई रातारात नायक वन्नु भयो।नयाँ सविधान जारी भए पश्चात तपाईहरू राजनिति दलका श्रृष नेताहरू विच भएका सहमतिहरूलाई पालना गर्नु पर्ने समय सुरू भयो तपाईहरूको सहमति अनुसार तपाईलाई राष्ट्रपति वनाईने र केपी ओलीलाई प्रधान मन्त्री दिने र सरकार मिलिजुलीमा चलाउने भनेर तर जुन सर्त अनुसार कुरा हुनु पर्ने थियो त्यो हुन सकेन र तपाईले प्रजातान्त्रिक प्रणाली अनुसार जव प्रमको लागि आवेदन दिनु भो त्यस पछि कांग्रेस र तपाई माथि भारत परस्त भनि विभिन्न खवर मिडियामा आयो उक्त खवरले हामी जस्तो राष्ट्रियता, लोकतन्त्र र समाजवाद प्रति आस्था राख्ने नेपाली जनताको भावनामा नै चोट लाग्न पुग्यो।

जव तपाई प्रममा उठ्नु भयो हार कांग्रेसको निश्चित थियो किनकी अरू सवै पार्टी एक तिर थिए भने कांग्रेस र मदेशी दलका केहि सभासद मात्र थिए तर पनि तपाईले यस्तो अवस्थामा पनि मधेशवादी जो संविधान मान्दैन भन्नेहरूलाई संवैधानिक परिधिमा वाधिन लगाएर मतदान गराउनु भो।उक्त मतदानमा तपाई हार्नु भो देशले जित्यो तर राजनितिमा यसरी त हुँदो रहेन्छनी शुशिल दा तपाई एउटाको सोचले मात्र प्रममा उठ्नु भएको पक्कै होईन र गल्ती तपाईको मात्र होईन तपाईलाई समर्थन गर्ने प्रस्तापक दुवै जना शेर वहादुर दाई र रामचन्द्र दाईले जिम्मेवारी लिनु पर्दछ।साथै शुशिल दा तपाईलाई कान फुक्ने २/४ जना केन्द्रिय स्तरका नेताहरूले पनि गल्ति भयो भनि स्वीकार गर्नु पर्दछ।तर जुन किसिमले संविधान जारी भए पश्चात तपाई र पार्टीको उचाई सगरमाथा झै अग्लिएको थियो तर तपाईहरूको पछिल्लो निर्णयले पार्टी र तपाईलाई समुन्द्रको सतहमा मिलाई दियो।आज कांग्रेससंग केहि छैन प्रतिपक्षमा वसेको छ प्रति पक्षमा वसे पनि देश र जनताका हितका लागि काम गर्न पछि पर्नु हुदैन। सके सम्म अहिले जुन किसिमले देशको माहौल विग्रिएको छ यो समस्या समाधान गर्न विपिको मेलमिलापको मार्गलाई अवलम्वन गरेर अगाडी वढ्नु होला भन्न चाहन्छु ।

यस कारण जुन किसिमले पार्टी अगाडी वढ्नु पर्ने थियो त्यसो हुन सकेन।नेपालको पहिलो शक्तिशाली पार्टी नेपाली कांग्रेसले न त राष्ट्रपति न त उप राष्ट्रपति न त सभामुख सवैवाट वन्चित हुनु पर्यो अहिले देश कम्युनिष्ट र राजावादी पार्टी भनेर चिनिने राप्रपा नेपाल लगाएत साना दलहरूको वरी परी घुमि रहेको छ। त्यसैले शुशिल दा कुनै पनि कुरा गर्दा पार्टीको केन्द्रिय स्तरका सवै नेताहरू वीच छलफल गरेर अगाडी वढेको भए पक्कै राम्रो हुने थियो अव आउँदा दिनहरूमा पार्टीको हित विपरित कसैले पनि क्षणिक निर्णय नगर्नु नै राम्रो होला।यदि अव पनि विचार पुर्याएर अगाडी वढेन भने पक्कै पनि पार्टी संकटमा फस्ने छ।

अव त पार्टीको १३औ माहाधिवेशनको पनि मिति नजिकिदै छ अव यस माहाधिवेशनमा चाहि विचार पुर्याएर नयाँ कार्य समिति चयन गर्न पनि आग्रह गर्दछु।नेपाली कांग्रेस विग्रिएकै गुटवन्दिले हो यो ६०/४० को गणीतिय हिसावले गर्दा पनि पार्टीलाई वेला वेलामा विवादित वनाई रहन्छ त्यसैले यो गुटवन्दिलाई पहिला हटाउने कोशीश गरौ र सच्चा सवल र पार्टीको हितका लागि अहोरात्र खटिने सांसद सभासदहरूलाई केन्द्रमा ल्याउ अव पार्टीले निकै ठुलो संघर्ष गर्नु पर्ने दिन आई सकेको छ किनकी कम्युनिष्ठहरू सवै एक ठाउमा एकिकृत हुने माहोल सृजना हुदैछ देशमा। सवैमा चेतना आउन जरूरी छ। त्यसैले शुशिल दा तपाईले अव यो १३औ महाधिवेशनमा निर्णायक भुमिका निवारण गर्ने अवस्था आई सके जस्तो लाग्दैछ त्यसैले धैर्यताको साथ पार्टीलाई अगाडी वढाउने प्रणय गर्नु होस हामीहरू हर हमेशा तपाईहरूको पछाडी हुने छौ।विदेशी भुमिमा रहे पनि पार्टी प्रतिको आस्थालाई त काँहा भुल्न सकिन्छ र शुशील दा।

अन्त्यमा नेपाली कांग्रेस पार्टीले विपीको समाजवाद र मेल मिलापको नितिलाई भुल्ने चेष्टा गर्यो भने पार्टीको भविष्य राम्रो देख्दिन। शुशिल दा त्यसैले पार्टीको धारलाई विपीको मार्गवाट अलग्याएर अगाडी वढाउने चेष्टा नगर्नु होला।

अन्त्यमा पार्टी प्रति समर्पित हुँदै तपाई सामु दुई हरफ कविता पनि कोर्न चाहन्छु।

जय नेपाल शब्द हेर सुन्दै कति राम्रो,
नेपालमा एक नं कांग्रेस पार्टी हाम्रो।
चार तारे झण्डा देख्छु आँखा वरी परी,
कांग्रेस पार्टी भुल्नु हुन्न हामीले जीवन भरी।

लेख्न त कति मन थियो कति तर पनि समय अभावले गर्दा धेरै लेख्न सकिन।शुशिल दा अन्त्यमा म फेरी पनि आग्रह गर्न चाहन्छु पार्टीलाई सहि दिशा निर्देशन दिएर अगाडी वढाउनु होला।

जय नेपाल।
संस्थापक सचिव
कर्ण वहादुर अधिकारी
नेपाली जनसम्पर्क समिति मकाउ

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.