Daily Archives: 03/12/2015

ओली सरकारमा धनी कमल थापा


३० मध्ये १६ मन्त्रीले बुझाए सम्पत्ति विवरण
02122015075148Govt-1000x0मंसिर १६, २०७२- निर्वाचित भएको डेढ महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पत्ति विवरण बुझाएका छन् । ३० सदस्यीय मन्त्रिपरिषदमा उनीसहित सरकारका १६ मन्त्रीलेमात्रै सम्पत्ति विवरण बुझाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको वेबसाइटमा प्रकाशित सम्पत्ति विवरणअनुसार प्रधानमन्त्रीको सम्पत्ति एभरेष्ट बैंकमा नगद ७ लाखमात्रै देखिएको छ । सम्पत्तिको सोत ‘स्वआर्जन’ उल्लेख छ । पढ्नेक्रम जारी राख्नुहोस्

चुरेमा पाइला राख्न नदिने चुरेभावरको चेतावनी, रोकेर देखाउन राजेन्द्र महतोको चुनौति


Rajendra-Mahato-Dai-650x381सिरहा, १७ मंसिर । सदभावना पार्टीका अध्यक्ष एवं मधेसी मोर्चाका नेता राजेन्द्र महतोले चुरेमा जान आफूलाई कसैले रोक्न नसक्ने बताएका छन् ।सिरहा सदरमुकाम लहानमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै महतोले नवलपुरमा हुने विरोधसभालाई सम्बोधन गर्न चूरेभावरको क्षेत्रबाटै जाने बताए ।यसअघि चुरे भावर राष्ट्रिय एकता पार्टीले महतोलाई चुरेमा खुट्टा टेक्न नदिने घोषणा गरेको थियो । अन्यथा कडा प्रतिकारको चेतावनी दिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

वीरगञ्ज नाकामा बसेका आन्दोलनकारीमाथि भारतीय समूहको अर्काे आक्रमण


एक प्रदर्शनकारी घाइते
दैनिक नेपाल
Birjung1वीरगञ्ज, १७ मंसिर । विगत तीन महिनादेखि बन्द रहेको वीरगञ्ज–रक्सौल नाकामा धर्ना दिएर बसिरहेका आन्दोलनकारीमाथि भारतीय समूहले अर्काे आक्रमण गरेको छ । बुधबार राति नाकाबाट मधेसी मोर्चासम्बद्ध आन्दोलनकारीलाई कुटेर हटाएको भारतीय समूहले आज विहानै उनीहरुमाथि ढुंगा वर्षाएको हो । नाकाको मितेरी पुलमा दुबैपक्षबीच ढुंगा हानाहान भएको प्रहरीले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्