कञ्चनपुर, मंसिर १६ । कञ्चनपुरको पुनर्वास नगरपालिकामा भएको आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । पुनर्वास नगरपालिका–१ स्थित सरिता खड्काको घरमा आगलागी हुँदा उनका तीनजना छोराछोरीको जलेर मृत्यु भएको हो । मृत्यु हुनेमा सरिताका ११ बर्षीय छोरा अर्जुन, ८ बर्षीय किरण र ५ बर्षीया छोरी प्रिया छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 02/12/2015
आगलागीमा एकै परिवारका तीन बालबालिकाको मृत्यु
Posted in दु:खद समाचार
तीन–दल मोर्चा वार्ता आज, अझै बनेन साझा धारणा
मोर्चा अध्यक्षहरु नआउने
बसन्त बस्नेत, काठमाडौं
मंसिर १६, २०७२- तमलोपा अध्यक्ष महन्थ ठाकुरले सोमबारको वार्तामा ११ बुँदे माग’bout सवाल उठाएपछि कांग्रेस सभापति सुशील कोइराला एकैछिन अल्मलिए। अनि सोधे, ‘११ बुँदे? कुन ११ बुँदे?’ कांग्रेस राजनीतिमा कोइरालासँग लामो समय बिताएका ठाकुर कस्तै असमझदारीमा समेत निरन्तर संवादमा हुने गर्छन्। भर्खरै उपचार सकेर अमेरिकाबाट फर्केका कोइरालाले ११ बुँदेप्रति अनभिज्ञता दर्शाएपछि शान्त प्रकृतिका ठाकुर एकाएक आवेशमा आए। ‘तपाईंहरूको यो के तरिका हो? तपाईंहरूले नै मोर्चाका माग के–के हुन्, बुँदागत रूपमा चाहियो भनेपछि हामीले कात्तिक १५ गते लिखित रूपमा पेस गरेको होइन?’ ठाकुरले प्रश्न गरे, ‘यतिका मानिस मरिसके। यत्रो क्षति भइसक्यो। यही हो, तपाईंहरूको वार्ताप्रति संवेदनशीलता?’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार