तिहारको अन्तिम दिन आज भाइटिका


bhai-tika-file-photoकाठमाडौं, कार्तिक २७ । यस वर्षको तिहारको अन्तिम तथा मूख्य दिन आज । यमपञ्चकको अन्तिम दिन आज घर घरमा दिदीबहिनीले दाजुभाईलाई सप्तरङ्गी टीका, मखमली र सयपत्री फूलको माला लगाई दीर्घायूको कामना गर्दछन् । टीकाको साइत खोज्नेहरुका लागि आज बिहान ११ बजेर ५५ मिनेटमा उत्तम रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यद्यपि, भाइटीकाको दिन दिनैभर टीका लगाउन कुनै फरक नपर्ने समितिले जनाएको छ ।
यम द्वितीयासमेत भनिने भाई टीकामा यमराज, यमुना, ग्रह र अष्ट चिरञ्जीवीको पूजा गरेपछि टीका लगाउने परम्परा छ । भाइटीकाको अवसरमा दिदी बहिनीले दाजुभाईलाई कहिल्यै नओइलाउने मखमली फूलको माला र सप्तरंगी टीका लगाई दीर्घायूको कामना गर्ने गर्दछन् ।
भाई टीकाको दिन दिदीबहिनीले आफ्ना दाजूभाइलाई कालको मुखबाट समेत बचाइदिने पौराणिक कथन छ । यस दिन यमलोकका राजा यमराज पनि आफ्ना दूतहरुकासाथ बहिनी यमुनाकोमा टीका लगाउन जाने पौराणिक विश्वास छ ।
दिदीबहिनीले लगाईदिने सप्तरङमध्ये सेतो शान्ति, रातो मंगल, हरियो सद्बुद्धि, पहेँलो दीर्घजीवी र निलो आरोग्यताको प्रतीक मानिन्छ । दाजुभाईले पनि टीका लगाईसकेपछि दिदिबहिनीलाई गच्छेअनुसार उपहार तथा दक्षिणा दिने गर्दछन् ।
दाजुभाई तथा दिदीबहिनीलाई एक ठाउँ गराउने यो पर्व भ्रातृत्व प्रेमको अपूर्व पर्व समेत हो ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )