Monthly Archives: नोभेम्बर 2015

विमानस्थल र बन्दरगाह उपयोग गर्न दिन्छौ : बंगलादेश


चन्द्रशेखर अधिकारी, काठमाडौं
30112015113724Bangladesh-1000x0मंसिर १४, २०७२- बंगलादेशकी प्रधामन्त्री सेख हसिनाले नेपालले भोग्नुपरेको वर्तमान संकट समाधानमा आफ्नो सहयोग र साथ रहने बताएकी छन् । उनले नेपालमा मानवीय संकट आउने अवस्थामा आफ्नो देशले सबै खाले सहयोग गर्ने बताएकी हुन् । उनले सकिन्छ भने आफ्नो देशको सयदपुर विमानस्थल साथै चटगाँउ र मोङ्ग्ला बन्दरगाह मार्फत व्यापार गर्न नेपाललाई आग्रहसमेत गरेकी छन् । पढ्नेक्रम जारी राख्नुहोस्

कृषकले पाउने भय पेन्सन , अब केको टेन्सन ?


zzkrishakकिसानहरुको आर्थिक अवस्था सवल बनाउन कृषक पेन्सनको व्यवस्था गरिने, कृषि मन्त्रालयद्धारा २७ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक । कृषि मन्त्री हरिबोल गजुरेलले कृषकहरुको आर्थिक अवस्था सवल बनाउन सहभागीतामा आधारित किसान पेन्सनको व्यवस्था गर्न लागेको बताउनुभएको छ । आफ्नै कार्यकक्षमा पत्रकारहरुसग कुरा गर्दै उहाँले किसानलाई सुरक्षा भत्ताका लागि पेन्सन दिइने बताउनुभएको हो । व्यवस्था मिलाउने लागेको बताउनु भयो । पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा एमबी बम्जन गोल्डकप सम्पन्न


प्रदीप नेपाली
12305570_911499148905296_82894881_nकुवेत – कुवेतमा पुरानो र ठुलो मानिएको १५औ एमबी बम्जन गोल्डकप प्रतियोगिता सम्पन्न भएको छ भने कपको उपाधी अल्घानिमले चुम्न सफल भएको छ । माउन्ट एभरेष्ट स्पोर्टिंग क्लबको आयोजनामा स्थानीय ८ टीम सहभागी रहेको कप फाइनलमा भएको कडा प्रतिस्पर्धामा अल्घानिमले किरात राई यायोख्यालाई २ का बिरुद्द ४ गोल गर्दै सातौ पटक एमबी बम्जन गोल्डकपको उपाधि लीन सफल भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

तामाङ्ग घेदुंग कुबेतको अध्यक्षमा अमृत तामाङ्ग चयन


12307941_910390238998963_8702040244480195259_oतामाङ्ग घेदुंग कुबेतले गत शुक्रबार आफ्नो पाचौ वार्षिकोत्सव भब्य रुपमा मनाएको छ । प्रदेशीभूमिमा तामाङ्ग जातिको भाषा, धर्म , सस्कृती, रितिरिवाजलाई जगेर्ना गर्न सक्रिय घेदुंग सामाजिक कार्यमा समेत सक्रिय रहदै आएको छ । अध्यक्ष राम लामाको अध्यक्षता आश बहादुर लोप्चन प्रमुख अथिति रहेको वार्षिकोत्सव समाहारोमा राम लामाले बार्षिक कार्य समिक्षा, अमृत तामांगले बार्षिक प्रतिबेदन र सम्मर वाइवाले आर्थिक प्रतिबेदन पेस गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

नयाँ शक्तिसहितका आन्दाेलनकारीले सिंहदरबारमा धर्ना दिने


baburam-ko-naya-shakti-5१३ मंसिर, काठमाडौं । पूर्व डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति निर्माण अभियान, मधेसी मोर्चा र आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले सिंहदरवारमा धर्ना दिने भएको छ । काठमाडौं केन्दि्रत आन्दोलन गर्ने सहमति अनुसार पहिलो चरणको कार्यक्रम तय भएको छ । जसमा १७ गते तराई मधेसमा भइरहेको आन्दोलनप्रति ऐक्यवद्धता जनाउन अन्तरक्रिया हुँदैछ । पढ्नेक्रम जारी राख्नुहोस्

हतियारसहित नेपाल छिरेका एसएसबीका १३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा


पर्वत पाेर्तेल, काँकडभिट्टा
मंसिर १३, २०७२- झापाको केचना नाकाबाट नेपाल छिरेका भारतीय सीमा सुरक्षा बल (एसएसबी) का १३ जनालाई सशस्त्र प्रहरीले अाज बिहान नियन्त्रणमा लिएको छ । तस्करलाई खेद्दै हतियारसहित नेपाल छिरेका उनीहरुलाई सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । केचना नाकामा रहेको सशस्त्र प्रहरीको बेसक्याम्पमा उनीहरुलाई राखिएको छ । गृह मन्त्रालयको समन्वयमा उनीहरुलाई प्रक्रिया पुर्‍याएर भारतीय उच्च अधिकारीको जिम्मा लगाइने शसस्त्र स्रोतले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

भारतीय राजदूत रेलाई देश निकाला गर्न सांसदहरूको माग


सेतोपाटी संवाददाता काठमाडौं,
timthumbसत्तारुढ दल एमालेकै सांसदहरुले भारतीय राजदूत रनजित रेले कुटनीतिक मर्यादा विपरित क्रियाकलाप गरेको आरोप लगाउँदै उनलाई तत्काल देश निकाला गर्नुपर्ने माग गरेका छन्।संसदको राज्य व्यवस्था समितिको बुधबारको बैठकमा बोल्दै एमाले सांसद यज्ञराज सुनुवार र गौरी ओलीले भारतीय राजदूत रेले आफ्नो पदीय जिम्मेवारी र कुटनीतिक मर्यादा विपरित अभिव्यक्ति दिएर मधेस आन्दोलनको प्रवक्ता जस्तै भएको आरोप लगाउँदै उनलाई फिर्ता पठाउनु पर्ने माग गरेका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्

सरकारको विशेष सुरक्षा योजना’bout मधेसी मोर्चाको आपत्ति


सरकारले मुठभेड निम्त्याउन खोजेको आरोप
Madhesi-morcha१० मंसिर, काठमाडौं । तराई मधेसमा आन्दोलनरत मधेसी मोर्चाले विशेष सुरक्षा योजना लागू गरेर सरकारले मुठभेड निम्त्याउन खोजेको आरोप लगाएको छ । राजमार्ग सुचारु गर्न र सरकारी कार्यालयहरुको सुरक्षा गर्न सरकारले बुधबारदेखि तराई मधेस केन्द्रीय जिल्लाहरुमा विशेष सुरक्षा योजना लागू गरेको छ । तर, राजमार्ग केन्द्रित आन्दोलन गरिरहेको मधेसी मोर्चाले भने यसले मुठभेड निम्त्याउने बताएको छ । पढ्नेक्रम जारी राख्नुहोस्