गायक सागर खड्का को म्युजिक भिडियो शूटिंग निरन्तर फोटो सहित


सुरेश गुरुङ,कुबेत
12202554_718917404911855_1365538181_n आफ्नो ब्यक्तिगत समस्याका कारण बिदेशीएर बस्नु परेपनी आत्मदेखी चाहना जागेपछी चाहेको काम गर्न सकिंदो रहेछ भनेर सागर खड्का ले देखाएका छन।

कुवेमा सबै भन्दा पहिला आउट डोर भिडियो गरेर चर्चा मा आएका लोक गायक सागर को शूटिंग निरन्तर चालेको पाइन्छ । धेरै लोक गीति एल्बम मा शब्द र सङ्गीत गर्ने सागर ले पछिल्लो पल्ट आफ्नै शब्द /सङ्गीतमा रहेको “बुझ्न लाई गार्हो भो अरेबिको कुरा भन्दै छ ह बी बी एल्ल सूरा सूरा बोल को गीत आफैले गाएर बजारमा ल्याएका छन।

12192906_718917748245154_1275769618_oर सोहि एल्बम बाट आफ्नो गायन लाई अगाडि बढायका सागरले अहिले आफ्नै शब्द /सङ्गीत र स्वर मा चार ओटा गीत रेकोड भैसकेको बताय र हालै उनले छबिलाल पाण्डेयको अति मार्मिक लोक गीत एल्बम “बुढेस कलमा सहारा पाइनौ मेरी आमा “को शूटिंग हिज मात्र यही कुवेत को बिभिन्न ठाउँमा गरेर सकिएको बताए भने यस गीत को निर्देशक आफैले गरेको र अभिनयमा :छबिलाल पाण्डेय ,सीता के सी ,सरिता परियार ,सागर आफै र अन्य साथीहरुले पनि अभिनय गरेका छन् भने यस लोकगीत एल्बम मा स्वर :बिष्णु गौतम ,कोपिला छिनाल लय तथा शब्द : छबिलाल पाण्डेय को रहेको छ भने छायांकन प्रेम कुमार जिमी राइ गर्नु भएको छ ।

12190773_718917761578486_304328900_oयो अब छिटै बजारमा आउने बताए र आफ्ना सांगीतिक कोसली हरु र आफ्नो छवि लाई दर्शक सामू पुराइदिने सम्पूर्ण मिडिया कर्मी साथीहरु र आफुलाइ सहयोग र हौसला दिने सम्पूर्ण प्रति सदैब आभारी रहने बतायका थिए। नेपाली संगीत प्रति धेरै झुकाव रहेको आफुले पाएकोले सबैको मायाको आफुलाई हमेशा खाँचो रहेने समेत वहाँले प्रष्ट्याउनु भएको छ ।12202533_718917798245149_1931456411_n

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.