उपराष्ट्रपतिमा नन्दबहादुर पुन विजयी


बालकृष्ण बस्नेत, राजेन्द्र फुयाल ,

पुनले ३२५ मत पाए, प्रतिद्वन्द्वी यादवको २१२, बदर १०
31102015051439Nandas-600x0काठमाडौं दीपेन्द्र कर्ण कार्तिक १४, २०७२- संघीय गणतन्त्रात्मक मुलुक नेपालको दोस्रो उपराष्ट्रपतिमा नन्दबहादुर पुन विजयी भएका छन् । सत्तारुढ गठबन्धनका तर्फबाट एमाओवादीका उम्मेदवार पुनले ३२५ मत पाएका छन् भने कांग्रेसका अमियकुमार यादवले २१२ पाएका छन् । १० मत बदर भएको छ । शनिबार साँझ बसेको बैठकमा सभामुख ओनसरी घर्तिले पुन विजयी भएको घोषणा गरिन् । शनिबार भएको उपराष्ट्रपति पदको निर्वाचनमा ५ सय ४७ मत खसेको थियो । व्यवस्थापिका–संसद् भवनमा शनिबार बिहान ११ बजेदेखि भएको मतदानमा मधेसी दल अनुपस्थित रहे । ५ सय ९६ जना सांसद्मध्ये ४७ जना अनुपस्थित रहे । सभामुख ओनसरी घर्ति र उपसभामुख गंगाप्रसाद यादव तटस्थ बसे । राष्ट्रपति चुनावमा सहभागी सदभावना पार्टीका सांसद् माधवी रानी साह तथा एमालेकी प्रभादेवी बज्राचार्य अनुपस्थित रहे । माधवीलाई सदभावनाले कारबाही सुरु गरेको छ भने बज्राचार्य विदेश गएकी छन् । राष्ट्रपति चुनावमा भाग नलिएका एमाओवादीका सुरेन्द्रकुमार जैसवाल भने उपराष्ट्रपति चुनावमा सहभागी भए । राष्ट्रपति चुनावमा भाग नलिएका एमाओवादीका भक्तिप्रसाद पाण्डे, कांग्रेसका शिला खड्का र मधु शाही ठकुरी उपराष्ट्रपति चुनावमा पनि अनुपस्थित रहे । तीन दिनअघि भएको राष्ट्रपति चुनावमा सरकार समर्थित दलका उम्मेदवार एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपति भएकी थिइन् ।
(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.