विद्या बनिन् प्रथम महिला राष्ट्रपति


Bidhya-Bhandari-becomes-Nepal-first-woman-President-2११ कात्तिक, काठमाडौं । नयाँ राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित भएकी छन् । यससँगै उनी गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति बनेकी छन् । बुधबार भएको मतदानमा सत्तारुढ गठवन्धनकी उम्मेदवार विद्या बुहमतबाट गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।
संसद बैठकमा सभामुख ओनसरी घर्तीले जानकारी गराए अनुसार भण्डारीले ३२७ मत पाएकी छन् । विद्यालाई एमालेका साथै एमाओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिकसहितका दलहरुको समर्थन छ । उनका प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार कुलबहादुर गुरुङले २१४ मत पाएका छन् । गुरुङलाई कांग्रेस बाहेक केही साना दलको मात्र मत परेको छ ।
राष्ट्रपति निर्वाचनमा कुल ५९७ सांसद मध्ये ५४९ ले मतदान गरेका थिए । तर, ८ मत बदर भएको छ । संसद सचिवालय स्रोतका अनुसार बदर भएको मत मध्ये कुलबहादुरको चार मत परेको छ । विद्याको दुई मत बदर भएको छ । दुई मत भने खाली पाइएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.