Daily Archives: 28/10/2015

विद्या बनिन् प्रथम महिला राष्ट्रपति


Bidhya-Bhandari-becomes-Nepal-first-woman-President-2११ कात्तिक, काठमाडौं । नयाँ राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित भएकी छन् । यससँगै उनी गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति बनेकी छन् । बुधबार भएको मतदानमा सत्तारुढ गठवन्धनकी उम्मेदवार विद्या बुहमतबाट गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

छोरालाई दिल्लीमा छात्रवृत्ति, बुवा इन्धन संकट चर्काउने योजनामा


चीनबाट तेल ल्याउने सरकारी योजना यसरी रोक्छन् मन्त्रालयका सचिव र सहसचिव –

‘तेल ल्याए भइहाल्यो नि हामीलाई केको खसखस ! सके ल्याए हुन्छ, हामीलाई मतलब छैन । यी मन्त्रीले तेल ल्याउने त बोतलमा न होला, त्यो पनि मिनिरल वाटरको बोतलमा ।’ (लामो हाँसो) यो कुनै सामान्य नागरिकको व्यंग्य होइन । वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य तथा आपूर्ति हेर्ने शाखामा वरिष्ठ सहसचिवको हो । मुलुक भारतले लगाएको अघोषित नाकाबन्दीका कारण आक्रान्त बनेको छ । नागरिकको चुलो बल्न छाडेको छ । सवारीसाधन चल्न छाडेका छन् । अस्पताल र अत्यावश्यकीय सेवा ठप्प हुने अवस्थामा पुगेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाललाई इन्धन संकटबाट मुक्त गर्न तयार छौं : चीन


china69काठमाडौं, कार्तिक ११ । चीनले नेपाललाई इन्धन संकटबाट मुक्त गराउने बताएको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुन्याङले नेपाल सरकारले अनुरोध गरेबमोजिम इन्धन सहायता उपलब्ध गराएर इन्धन संकटबाट नेपाललाई मुक्त गराउन चीन तयार रहेको बताएकी हुन् ।नेपाललाई इन्धन उपलब्ध गराउने विषयमा अहिले दुई पक्षबीच गहिरो संवाद भईरहेको चिनियाँ विदेश मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता चुन्याङले बताईन् । पढ्नेक्रम जारी राख्नुहोस्

कस्तो छ राष्ट्रपति चुनावको मतपत्र?


matpatraकाठमाडौं— राष्ट्रपति निर्वाचनका लागि संसद सचिवालयले नमुना मतपत्र सार्वजनिक गरेको छ। केहीबेर अघि तयार पारिएको नमुना मतत्रअनुसार राष्ट्रपति चुनाबमा मतदान गर्ने सांसदहरुले आफ्नो नाम, हस्ताक्षर तथा क्रम संख्या उल्लेख गर्नुपर्नेछ। अधकट्टीमा उल्लेख भएको सो भाग निर्वाचन समितिले कार्यालय प्रयोजनका लागि राख्नेछ। पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रपतिका लागि मतदान सुरु


14092015115337CA_Meeting-600x0काठमाडौं : राष्ट्रपति चुनावका लागि मतदान सुरु भएको छ। संसद् भवन नयाँ बानेश्‍वरमा मतदान भइरहेको छ। सांसदहरु मतदानका लागि लाइनमा रहेका छन्।राष्ट्रपतिमा दुईजनाले प्रतिस्पर्धा गर्दैछन्।मतपत्रमा वणानुक्रमअनुसार एक नम्बरमा कुलबहादुर गुरुङको नाम छ भने दोस्रो नम्बरमा विद्या भण्डारीको नाम छ। पढ्नेक्रम जारी राख्नुहोस्