भूषण यादव, वीरगन्ज
कार्तिक ८, २०७२- जारी मधेस आन्दोलनको केन्द्र विन्दु वीरगन्ज–रक्सौल नाका भएर भारतीय प्रहरीका एसपी ५ जना हतियारधारी टोली सहित नेपाल प्रवेश गरेको खुलेको छ । मधेसवादी दलले वीरगन्ज र रक्सौल नाकाबीचको मितेरी पुलमा सवारी साधन आवागमन ठप्प पारेपनि ती प्रहरी साइरन बत्ती भएको भारतीय जीपमा पुल पार गरेर प्रवेश गरेका थिए । गत शुक्रबार साँझ ७ बजे एमपी ओ ३ ए १९१५ नम्बरको गाडीमा भारतीय प्रहरी वीरगन्ज भन्सार हुँदै रजतजयन्ती चोक भएर बाइपास सडक हुँदै अन्तराष्ट्रिय नाकाबाट करिब १५ किलोमिटर भित्र परवानीपुरसम्म पुगेका थिए । त्यहाँ चेकजाँचमा तैनाथ पर्सा प्रहरीले गाडीबाट १ थान एके ४७ र त्यसमा प्रयोग हुने ३० राउण्ड गोली बरामद गरेको विश्वसनीय स्रोतले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस् →
Like this:
Like Loading...