युवापुस्तालाई तताउने जोशिला लोक गायक डिबी लोप्चन कतार जादै


सुरेश गुरुङ,कुबेत

db-lopchan-1नेपाली संगितको दुनियाँमा प्रबासबाटै उदयमान भएका “चर्चित नाम हो डि.बी. लोप्चन तामाङ”  दोस्रो चोटी अतिथि कलाकारको रुपमा साँस्कृतिक कार्यक्रमको लागि कतार जाने भएको छ |आफ्नो ब्यक्तिगत समस्याका कारण बिदेशीएर बस्नु परेपनी आत्मदेखी चाहना जागेपछी चाहेको काम गर्न सकिंदो रहेछ भनेर एउटा नेपाली ठिटोले देखाएका छन । गायक डिबी लोप्चन लालीगुराँस साँस्कृतिक परिवारका कुबेत को अध्यक्ष र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज, कुवैतका उपाध्यक्ष नेपाल तामाङ घेदुङ कुवेतको कलाकार बिभाग प्रमुख रहेका तामाङले आफुलाई एक कुशल लोक गायकको रुपमा स्थापित गरिसक्नु भएको छ । सानैदेखी गीत संगितमा रुची राख्ने र परेको खण्डमा गाएर सबैको मन जित्न सक्ने लोक गायक लोप्चन चितवन जिल्लाको बछौली-३, सौराहा लौखानीमा बाबा शेर बहादुर लोप्चन र आमा साईली लोप्चन तामाङ्को कोखबाट २०३९ श्रावण ०४ गते जन्मनु भएको हो ।

12096200_988427391215381_7876127447248020832_nआई.कम. सम्मको शैक्षिक योग्यता भएका मिलनसार स्वभावका गायक लोप्चनको बाल्यकाल देखी नै संगीत प्रतिको झुकाव र मिहिनेतले नै आज वहाँ एक सफल लोक गायक बनिसक्नु भएको छ । मुलुकको बिग्रंदो राजनैतिक उतार चढाव र रोजगारिको समस्याले गर्दा मातृभूमी छाडेर १२ बर्ष पहिले मरुभूमिको देश कुवेत छिरेका लोप्चनले प्रबासमा आएर पनि आफुमा भएको कला र गलाको मुल्यलाई कहिल्यै मर्न दिनु भएन । खाडीको जागिरे जीबन र सिमित समयको बावजुत वहाँले आफ्नो कला र गलालाई हरेक स्टेज कार्यक्रम मार्फत दर्शकहरु माझ पस्केर सबैको मनमा बस्न सफल हुनु भएको छ । भने पहिलो एल्बम मित्रता र दोश्रो एल्बम कोसिसको सफलता लगतै लोप्चनले तेश्रो एल्बम पनि बजारमा ल्याउन तयारीमा जुटिरहेका छन । भने लोक पप गायक ले आफ्नै गीत हरु मा मोडेल गरी सकेको छन।

11960071_1042047785827744_5251286517801252592_nबसन्त फिल्मस् प्रा.ली.दोहा कतारको आयोजनामा आगामी अक्टोबर ३० तारिख क्वालिटी हाइपर मार्केट (सल्वारोड़)मा हुन गइरहेको बिबिध सांस्कृतिक कार्यक्रममा भाग लिन गायक लोप्चन कतार जान लागेका हुन् ।नेपालका चर्चित लोकदोहोरी गायक राजु ढकाल र गायिका शान्ति सुनारको साथमा अमेरिका बाट गायिका शान्ति भण्डारी जापानबाट सुर्य खड्का र कुबेतबाट डीबी लोप्चंनले बिशेष अथिति कलाकारको रुपमा सहभागी हुने भएका छन । भने स्थानीय कलाकार हरु को पनी धामेकादर प्रस्तुती रहने छ । नेपालीहरुको नेपाली संगीत प्रति धेरै झुकाव रहेको आफुले पाएकोले सबैको मायाको आफुलाई हमेशा खाँचो रहेने समेत वहाँले प्रष्ट्याउनु भएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.