नेपाललाई आयरल्यान्डले दियो १८५ रनको चुनौती


Nepal-U-19काठमाडौं, कार्तिक ४ । मलेसियामा जारी आइसीसी यु–१९ विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत् समूह चरणको अन्तिम खेलमा नेपालले अहिले आयरल्यान्डसँग खेलिरहेको छ । क्वालालम्पुरको किन्रारा ओभल मैदानमा जारी खेलमा आयरल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्दै नेपाललाई १ सय ८५ रनको चुनौती दिएको छ ।निर्धारित ५० ओभरको खेलमा आयरल्यान्डले ७ विकेट गुमाएर १ सय ८४ रन बनायो । कुनै समय १ सय १ रन जोड्दा ७ विकेट गुमाइसकेको आयरल्यान्डले आठौं विकेटका लागि अविजित ८३ रनको साझेदारी गरेको हो ।
नेपालका लागि प्रेम तामाङले सर्वाधिक ४ विकेट लिए ।
जवाफमा १ सय ८५ रनको लक्ष्य पछ्याउँदै नेपालले अहिले ब्याटिङ गरिरहेको छ । यसअघि, समूहमा तीन/तीन खेल जित्दै दुबै टोली फाइनलमा पुगिसकेको अवस्थामा आजको खेल औपचारिकतामा मात्रै सीमित बनेको छ ।
यी दुई टोलीहरुबीच विहीबार हुने फाइनल खेलले विश्वकपमा छानिने एक टोलीको टुंगो लगाउनेछ ।
छनोट प्रतियोगिताको उपाधि जित्ने टोलीले आगामि जनवरीमा बंगलादेशमा हुने आइसीसी यु–१९ विश्वकप क्रिकेट खेल्न पाउने भएकोले विहीबारको फाइनल खेल दुबै टोलीको लागि निकै महत्वपूर्ण रहेको छ । (इमेज )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.