Daily Archives: 21/10/2015

आयरल्यान्डमाथि नेपालको शानदार जित, नेपाल समूह विजेता बन्दै फाइनलमा


Nepal-U-19काठमाडौं, कार्तिक ४ । नेपालले मलेसियामा जारी आइसीसी यु–१९ विश्वकप क्रिकेट छनोट प्रतियोगिताको समूह चरणको खेलमा शतप्रतिशत नतिजा निकालेको छ । नेपालले समूहको अन्तिम खेलमा आयरल्यान्डमाथि ८ विकेटको जित दर्ता गर्‍यो । यो जितसँगै नेपाल समूह विजेता बन्दै फाइनलमा पुगेको छ । फाइनलमा नेपालले फेरि आयरल्यान्डकै सामना गर्नेछ । आयरल्यान्ड समूहमा दोस्रो भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाललाई आयरल्यान्डले दियो १८५ रनको चुनौती


Nepal-U-19काठमाडौं, कार्तिक ४ । मलेसियामा जारी आइसीसी यु–१९ विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत् समूह चरणको अन्तिम खेलमा नेपालले अहिले आयरल्यान्डसँग खेलिरहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

ग्यास ल्याउन रातारात चीन गयो आयल निगम र व्यवसायीको टोली


काठमाडौं : ग्यास आयातका लागि आवश्यक प्रक्रिया पूरा गर्न नेपाल आयल निगमका उच्च अधिकारी सहितको टोली चीन गएको छ । प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रमा छलफल भएकै दिन मंगलबार राति ६ सदस्यीय टोली चीन गएको हो।  निगमका निमित्त उपमहाप्रबन्धक सुशील भट्टराईको नेतृत्वमा टोली चीन गएको हो। टोलीमा निगमकै उच्च अधिकारीसहित ग्यास विक्रेता महासंघ नेपालका निवर्तमान अध्यक्ष ज्ञानेश्वर अर्याल र नेपाल ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरे र गोकुल भण्डारीसमेत सहभागी छन्। पढ्नेक्रम जारी राख्नुहोस्