यू-१९ विश्वकप छनोटमा नेपालको शानदार जित, युगाण्डालाई १७१ रनअन्तरले हरायो


Cricket-U-19काठमाडौं, २९ असोज । उन्नाईस वर्षमुनिको यू-१९ विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालले युगाण्डामाथि शानदार जित हात पारेको छ । विश्वकप छनोटमा लगातार दोस्रो जित हात पार्दै शुक्रबार नेपालले युगाण्डामाथि १७१ रनको फराकिलो जित हात पारेको हो ।
पहिले ब्याटिङ गरेको नेपालले कप्तान राजु रिजालको शतकको मद्दतमा ७ विकेट गुमाएर २४२ रन बनाएको थियो । जवाफी व्याटिङ गरेको युगाण्डाले ३६.२ ओभर खेल्दै सबै विकेट गुमाएर ७१ रन मात्र जोड्न सक्यो ।
युगाण्डालाई सस्तैमा समेट्ने क्रममा दिपेश श्रेष्ठले ३ विकेट लिए । आरिफ शेख, दिपेन्द्र सिंह ऐरी र प्रेम तामाङले २–२ विकेट लिए । आजको खेलमा नेपाली टिमका कप्तान राजु रिजालले शतकीय पारी खेलेको थिए ।(दैनिक नेपाल)

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.