पहिलो महिला सभामुख बनिन् ओनसरी घर्ती


onsari-Gharti-Magar२९ असोज, काठमाडौं । व्यवस्थापिका संसदको सभामुखमा ओनसरी घर्ती र उपसभामुखमा गंगाप्रसाद यादव निर्विरोध निर्वाचित भएका छन् । एमाले, एमाओवादीसहितको सत्तारुढ उम्मेदवार भएपनि प्रतिपक्षी कांग्रेसले समेत समर्थन गरेको छ । व्यवस्थापिका संसदको शुक्रबारको बैठकले घर्तीलाई सभामुखमा निर्विरोध निर्वाचित गरेको हो । यससँगै एमाओवादी सभासद ओनसरी घर्ती नेपालको संसदीय इतिहासमा पहिलो महिला सभामुख बनेकी छिन् ।
सभामुखमा नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापाले पनि उम्मेदवारी दिएकी थिइन् । तर, थापाका समर्थक प्रेम सुवालले उम्मेदवारी फिर्ता लिएपछि घर्ती निर्विरोध निर्वाचित भएकी हुन् ।
प्रधानमन्त्री निर्वाचनमा आफ्नै उम्मेदवार उठाएको कांग्रेसले पनि घर्तीलाई नै समर्थन गर्ने निर्णय गरेको थियो ।
रोल्पाको जंकोट १ माडिचौरमा जन्मिएकी ३८ वर्षकी घर्ती रोल्पा २ बाट प्रत्यक्ष निर्वाचित सभासद हुन् । माओवादी सशस्त्र जनयुद्धमा लागेकी घर्तीले १० वर्ष भूमिगत जीवन विताएकी थिइन् ।
उनले एसएलसीसम्म अध्ययन गरेकी छन् । उनले यसअघि संविधानसभा उपसभामुख थिइन् । नयाँ संविधान बनेसँगै तत्कालीन सभामुख सुवास नेम्वाङ र उपसभामुख घर्तीले राजीनामा दिएका थिए ।Ganga-Parasad-Yadav
गंगाप्रसाद यादव उपसभामुखमा निर्विरोध
यसैगरी उपसभामुखमा राप्रपा नेपालका सभासद गंगाप्रसाद यादव निर्विरोध निर्वाचित भएका छन् ।नेमकिपाका सभासद डिल्लीप्रसाद काफ्लेले उम्मेदवारी फिर्ता लिएपछि यादव निर्विरोध निर्वाचित भएका हुन् ।(अन्लाईनखबर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.