दसैंको नवरात्र सुरु, आज घटस्थापना बिहान सवा ११ बजेदेखि जमरा राख्ने साइत


1507724_685774294800681_206688219_n२६ असोजबाराको गढीमाई नगरपालिका-१६ कतर्वास्थित नवदुर्गा मन्दिरको कोतघरमा आज सामुहिक जमरा राखिदैछ ।
विजयादशमीको पहिलो दिन मंगलबार घरघरमा कलश स्थापना गरी घटस्थापना मनाइँदै छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना गरिन्छ । आजैदेखि नवरात्र आरम्भ हुन्छ ।घटस्थापनाका दिन दियो, गणेश र कलशको पूजा गरी घटस्थापना गर्ने र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गर्दै जमरा राखिने गरिन्छ ।आज कलशको स्थापना गरी नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या माटो ल्याई दसैं घर वा पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छर्ने प्रचलन रहेको छ ।
जौलाई वैदिक यज्ञका लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्नका लागि जमरा उमार्ने गरिएको छ ।
यसरी उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रुपमा लगाउने गरिन्छ ।
जमरा राख्ने साइत सवा ११ देखि १२ बजेर ३ मीनेटसम्म 
आज घटस्थापनाको दिन चित्रा नक्षत्र र वैधृति योग एकै सयम परेको छ । चित्रा नक्षत्र र वैधृति योग एकै समयमा पर्दा कलश स्थापना गरी घटस्थापना गर्न नहुने ज्योतिषशास्त्रको रुद्रयामला पुस्तकमा उल्लेख गरिएको छ ।
चित्रा नक्षत्र सूर्य उदय देखि ५५ घडि ४५ पला ९२७ गते विहान ४ बजे १९ मीनेट ० सम्म रहने र वैधृति योग ४५ घडि १७ पला ९२७ गते विहान १ बजे ८ मीनेट० सम्म रहन्छ ।
तर, २६ गते नै ११ बजे १५ मिनेट १२ सेकेन्ड देखि १२ बजे ३ मीनेट १० सेकेन्डसम्म अभिजित मुहुर्त हुने हुँदा सो समयमा शुभ कार्य गर्दा माथिको दोष नलाग्ने रुद्रयामला पुस्तकमा उल्लेख गरिएको छ । त्यसैले यस दिन विहानको ११ बजे १५ मिनेट देखि १२ बजे ३ मिनेट सम्म घटस्थापना गर्दा शुभ रहने ज्योतिष पण्डितहरुले बताएका छन् ।
घरघरमा जमरा राख्ने र सामुहिक रुपमा जमारा राख्ने दुई खाले परम्परा अनुसार बाराको गढीमाई नगरपालिका-१६ कतर्वास्थित नवदुर्गा मन्दिरमाको कोतघरमा आज सामुहिक जमरा राखिदैछ ।

स्रोत:- महेश्वर अधिकारी ,निजगढसमाचार

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.