Daily Archives: 13/10/2015

राष्ट्रपतिमा सुवास नेम्वाङको सम्भावना, विद्या भण्डारी दोस्रो दावेदार !


नेम्वाङ भन्छन्-मेरो कुनै माग छैन, जिम्मेवारी दिए तयार छु
२६ असोज, काठमाडौं । मुलुकको दोस्रो राष्ट्रपति एमालेको भागमा जाने सम्भावना बढेको छ । सत्ता साझेदार दोस्रो ठूलो एनेकपा माओवादीले उपराष्ट्रपति र सभामुखमात्रै लिने जानकारी एमालेलाई गराएको प्रधानमन्त्री निकट स्रोतले अनलाइनखबरलाई जनाएको छ । एमालेले राष्ट्रपति पाउने अवस्थामा सभामुख सुवास नेम्वाङ राष्ट्रपतिका प्रमुख दाबेदार देखिएका छन् । करिब १० वर्ष लगातार कुशलतापूर्वक सभामुख तथा संविधानसभा अध्यक्षको भूमिका निर्वाह गरी संविधान जारी गरेको हुनाले नेम्वाङ शीतलनिवासका लागि सर्वाधिक उपयुक्त पात्र देखिएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

मधेसी मोर्चामा खैलाबैला


बसन्त बस्नेत, काठमाडौं
तमलोपा, सद्भावना र फोरम लोकतान्त्रिकलगायत दलका नेताहरूमा धमाधम पार्टी छाड्ने लहर
आश्विन २६, २०७२- कपिलवस्तु ३ बाट प्रत्यक्ष निर्वाचित तमलोपा संसदीय दलका उपनेता बृजेशकुमार गुप्ता आइतबार प्रधानमन्त्री चुनावमा भोट हालेर सरासर नजिकै रहेको पार्टी मुख्यालय गए । अध्यक्ष महन्थ ठाकुरसमक्ष पार्टीको सम्पूर्ण पदबाट राजीनामा दिँदै पत्र बुझाए । ठाकुर एकछिन त अकमक्क परे । किन राजीनामा दिनुभएको भनी सोध्नमात्रै खोज्दै थिए, गुप्ता भक्कानिए । महामन्त्री जितेन्द्र सोनलको कोठामा छिरेर डाँको छोडे । अरू नेताहरूले सम्झाउने हिम्मतै गरेनन् । तमलोपा उच्च स्रोतका अनुसार अरू केही सांसद र नेतासमेत पार्टी छाड्ने तयारीमा छन् । पढ्नेक्रम जारी राख्नुहोस्

युएइ एक्सचेन्ज ग्राहक सप्ताह भब्य रुपमा उद्घाटन


– राष्ट्रिय पोशाकमा गायक अनिल रसाइली र पत्रकार नैन कला राई सर्वोउत्कृष्ट..

नैन कला राई, कुवेत

blogger-image-8073176१२ अक्टोबर २०१५ । नेपालीहरुले भरपर्दो एक्सचेन्ज कम्पनिको रुपमा चुनेको युएइ एक्सचेन्ज कुवेतले अस्ती ११ अक्टोबर आइतबारका दिन मुर्गाबस्थित प्रमुख कार्यलयमा विभिन्न देशका ग्राहकहरुले ग्राहक सप्ताह २०१५ भब्यरुपमा उद्घाटन गरे ।   पढ्नेक्रम जारी राख्नुहोस्

चित्र

भोली १४ अक्टुबरमा दुतावास बन्द रहने


embassy ntc

दसैंको नवरात्र सुरु, आज घटस्थापना बिहान सवा ११ बजेदेखि जमरा राख्ने साइत


1507724_685774294800681_206688219_n२६ असोजबाराको गढीमाई नगरपालिका-१६ कतर्वास्थित नवदुर्गा मन्दिरको कोतघरमा आज सामुहिक जमरा राखिदैछ ।
विजयादशमीको पहिलो दिन मंगलबार घरघरमा कलश स्थापना गरी घटस्थापना मनाइँदै छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना गरिन्छ । आजैदेखि नवरात्र आरम्भ हुन्छ ।घटस्थापनाका दिन दियो, गणेश र कलशको पूजा गरी घटस्थापना गर्ने र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गर्दै जमरा राखिने गरिन्छ ।आज कलशको स्थापना गरी नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँमा गई पढ्नेक्रम जारी राख्नुहोस्