एमालेले ८ र एमाओवादीले ६ मन्त्रालय लिने समझदारी


सराेजराज अधिकारी,काठमाडौं आश्विन २५, २०७२- एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री निर्वाचित भएसँगै सत्ता साझेदारीको छलफल सुरु भएको छ । सरकार निर्माणमा सहभागी प्रमुख चार दल एमाले, एमाओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबीच सत्ता साझेदारी’bout छलफल तीव्र भएको हो । सरकार निर्माणमा सहयोग गरेको संसदको चौथो ठूलो दल राप्रपा नेपालले उपप्रधानसहित कम्तीमा तीन मन्त्री पाउने पक्कापक्की भएको स्रोतले बतायो । स्रोतका अनुसार राप्रपा नेपालबाट अध्यक्ष कमल थापाले नै उपप्रधान र परराष्ट्रमन्त्रीसहित सरकारमा पार्टीको नेतृत्व गर्नेछन् । त्यसबाहेक राप्रपा नेपालले स्थानीय विकास, पर्यटन वा श्रम मन्त्रालय पाउने भएको छ, जसमा क्रमश: कुन्ती शाही र दिलनाथ गिरीको नाम चर्चामा छ । गिरी दलको प्रमुख सचेतक भएकाले उनको ठाउँमा अर्को कोही मन्त्री बन्ने सम्भावना पनि छ ।
तीन दलबीचको सत्ता साझेदारी टुंग्याउन एमालेबाट उपमहासचिव विष्णु पौडेल, एमाओवादीबाट महासचिव कृष्णबहादुर महरा र लोकतान्त्रिकबाट उपाध्यक्ष जितेन्द्र देवको टोलीले गृहकार्य गरिरहेको छ । एमालेले प्रधानमन्त्रीसहित कम्तीमा ८ र एमाओवादीले उपप्रधानमन्त्रीसहित कम्तीमा ६ मन्त्रालय लिने भएका छन् । लोकतान्त्रिकले पनि उपप्रधानमन्त्रीसहित ३ मन्त्रालय पाउने भएको छ । यस हिसाबले सरकारमा अब ३ उपप्रधानमन्त्री रहने छन् ।

अाज भने एमाअोवादीबाट हरिबोल गजुलेरलले मात्रै कृषिमन्त्रीका रुपमा सपथ लिने तयारी भएको छ ।

एमाओवादी र लोकतान्त्रिक दुवैले राष्ट्रपतिको दाबी गरिरहेका छन् । यस्तोमा उपराष्ट्रपति लोकतान्त्रिकले पाउन सक्छ । ‘पहिले कांग्रेससमेतको सहमतिको सरकारको परिकल्पना गरिएकाले सत्ता समीकरण’bout खासै कुरा भएन । अब कांग्रेसबिनाको परिस्थितिमा राष्ट्रपति पदमा हाम्रो दाबी स्वाभाविक बनेको छ । त्यसैगरी गृहलगायतका महत्त्वपूर्ण मन्त्रालय बाँडफाँड सम्बन्धमा छलफल भइरहेको छ,’ एमाओवादी सचिव तथा दलका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले भने । एमाओवादीबाट महासचिव महराको नेतृत्वमा सचिव टोपबहादुर रायमाझीले सोमबार नै शपथ लिने स्रोतले बतायो । महरा उपप्रधान तथा गृहमन्त्री बन्नेछन् ।
एमालेबाट उपाध्यक्ष भीम रावल, उपमहासचिव पौडेल, शत्रुघन महतोले पनि सोमबार नै शपथ लिने सम्भावना रहेको स्रोतले बतायो । पौडेलले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने करिब टुंगो लागे पनि अन्यको मन्त्रालयको टुंगो लागेको छैन । लोकतान्त्रिक महासचिव रामजनम चौधरीका अनुसार पार्टी अध्यक्ष गच्छदार आफैंले सरकारको नेतृत्व गर्नेछन् । गच्छदार उपप्रधानमन्त्री त बन्ने छन् नै । उनको भौतिक योजना मन्त्रालयमा दाबी छ । तर एमाओवादीले पनि रायमाझीका लागि यो मन्त्रालयको दाबी पेस गरेको छ ।
सभामुख र उपसभामुखमा चाहिँ अहिलेकै एमालेका सुवासचन्द्र नेम्वाङ र एमाओवादीकी ओनसरी घर्तीलाई निरन्तरता दिने विषयमा सत्ता साझेदार दलहरू सकारात्मक देखिन्छन् । ‘संविधान निर्माणमा खेलेको महत्त्वपूर्ण योगदानको कदर गर्दै र भावी दिनमा पनि संसद् सार्थक रूपमा सञ्चालन गर्न सुवासजीलाई नै सभामुखमा निरन्तरता दिने सहमति भइसकेको छ,’ एमाले पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले भने ।
एमाओवादीले राष्ट्रपति नपाउने अवस्थामा सभामुखमाथिको दाबी पेस गर्नेछ । यस्तो अवस्थामा महरा वा पोखरेललाई अघि सार्न सक्छ । महरा सभामुख भए सरकारको नेतृत्व हालै पार्टी त्यागेका वरिष्ठ नेता बाबुराम भट्टराईका ‘खास मानिस’ मानिएका रायमाझीले गर्नेछन् । त्यसले पार्टी एकता मजबुत बनाउने अध्यक्ष पुष्पकमल दाहालको बुझाइ छ । सभामुख एमाओवादीले लिए नेम्वाङलाई एमालेले भावी राष्ट्रपतिका रूपमा अघि सार्न सक्छ । ‘सुवासजीले सम्माननीयमै निरन्तरता पाउने सम्भावना निकै बढी छ । कि सभामुख भएर कि राष्ट्रपति,’ एमालेका एक प्रभावशाली नेताले भने ।(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.