सुरेश गुरुङ,कुबेत
कुबेत जिलिबस्थित वेडीङग हल मा लालीगुराँस साँस्कृतिक परिवारले (नबौं) सांगितिक प्रस्तुति स्वरुप आयोजित नेपालीहरुको महान् चाड विजया दशमी (दशै)को अवसर पारेर शुभकामना आदानप्रदान सहित मिती अक्टोबर ९ तारिक शुक्रबारका दिन नेपालका बहुचर्चित सुपर स्टार लोक गायक (मिलन लामा र प्रकाश कटुवाल) साथ मा सभ्य र भब्य किसिमले सम्पन्न भएको छ ।
निर्धारित १२ बजेको समय भन्दा केही ढिला सुरु भएको कार्यक्रम साझ सम्म चलेको थियो । लालीगुराँस साँस्कृतिक परिवार कुवेतका अध्यक्ष डिबी लोप्चन को सभापतित्वमा सञ्चालन भएको कार्यक्रमलाई अमित राई, यादब श्रेष्ठ र सुरेश तामांगले संयुक्तरुपमा कार्यक्रम संचालन गरेका थिए। भने कुवेतका लागि नेपाली राजदुत महामहिम श्री यज्ञ बहादुर हमालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम मा बिशेष अतिथी यु ए ई एक्स्चेन्जका BDM मेनेजर रन्जित पिल्लई,मिनिस्टर अफ काउन्सिलर लेखानाथ भट्टराई ,एनआरएनए कुबेतका अध्यक्ष अर्जुन तामाङ, बिशेष अतिथिको रुपमा थिए भने कुवेतस्थित बिभिन्न नेपाली सँघ-संस्थाका प्रतिनिधिहरु अतिथिको रुपमा उपस्थित रहेका थिए ।
आफनो नेपाली साँस्कृतिक लाई प्रबास रहेर पनि जगोण गर्ने र नेपाली समाजलाई संस्कृतिप्रेमी दर्शकहरुले खचाखच भरिएको जिलिब वेडीङग हल मा सम्पन्न उक्त कार्यक्रम महासचिव प्रेम कटुवालको स्वागत मन्तब्यबाट सुरु गरे को थियो भने प्रमुख अतिथि नेपाली दुताबास कुवेतका राजदुत यज्ञ बहादुर हमालले दिप प्रज्वलन गरि पन्चेबाजा पुजा गदै कार्यक्रमको उद्घाटन गर्नु भएको थियो
औपचारिक कार्यक्रममा शुभकामना मन्तब्य दिदै प्रमुख अतिथी राजदुत हमालले बिजया दशमीको अग्रिम शुभकामना दिदै प्रवासको भूमिमा नेपाल कै झल्को दिने गरि पन्चे बाजा भित्र्याएर नेपाली कला सस्कृति परम्परा जोगाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै आयोजकको तारिफ गरेका थिए । एन आर एन ए अध्यक्ष अर्जुन तामांग, पुर्व अध्यक्ष राजेन्द्र तामांग,नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुबेतका उपाध्यक्ष जय आले युएई एक्सचेन्जका बिडीएम रंजित पिल्लाई लगायतले मन्तब्य दिएको थियो ।
कार्यक्रमको मुख्य आकर्शण चर्चित गयाक अतिथी कलाकार मिलन लामा र प्रकाश कट्वाललाई पन्चेबाजा बजाई हल प्रबेश गराउदै स्टेजमा प्रबेश गर्दा सम्पूर्ण दर्शकहरुले जोड्दार तालिका साथ स्वागत गर्दै कलाकारलाई खुशी प्रदान गरेका थिए। आफ्नो बहुचर्चित गीत गाउदै मिलन लामाले आफ्ना एल्बमका घरमा पराल बारीमा बंसो, लेकाली हो चोयाको डोको, हबिबी माफी मुस्किल, माझि दाई पोखरा फेवा तालको जस्ता चर्चित गीत गायर दर्शकलाई नचाउँन कुनै कसर बाकी राखेनन । उता युवा गायक प्रकास कटवाल पनि के कम मुख छोप्छेउ लाजले, सिरानी टांग मुनि, चोर बिरालो पल्क्यो, ढाडे बिरालो जस्ता गीत गायर दर्शक हरु लाई थक्ने गरी नचाउ भएको थियो। भने स्थानीय कलाकार पनि के कम उनीहरुले पनि जोडदार प्रस्तुति पस्किएर सबैलाई भरपूर्ण मनोरंजन दिन सफल भएका थिए ।
नेपाली साँस्कृतिकलाई कुवैतका बिभिन्न रितिरिवाज झल्कने, साकेला सिली नाच, गुरुङ समुदया को झाउरे नाच, प्रस्तुति रहेको थियो भने कुबेत मा नयाँ गायिका इन्दिरा सहि ठकुरी , प्रेम कटवालले पनि आफ्नै शब्द रचनामा रहेको मिठो गीत पस्केका थिए। कार्यक्रम लाई भब्य र सब्या बनाउन को लागि युएई एक्सचेन्ज कुवैत र मालाबार गोल्ड एण्ड डाइमेन्डको मुख्य प्रयोजन रहेको कार्यक्रममा नेपाली चौतारी होटेल मालिया, फर्वानिया सन् राइज रेष्टुरेन्ट र नेपाली फेमिले रेस्टुरेन्ट फाहहेल लगायत कुवेतमा रहेका बिभिन्न नेपाली संघ संस्था साथै व्यक्ति बिशेषले कार्यक्रम सफल पर्न आर्थिक सहयोग गरेको थियो।
अन्तमा कार्यक्रमको समापन गर्दै अध्यक्ष डीबी लोप्चन ले कार्यक्रम एकदमै शान्त बाताबरणमा चलेर सम्पन्न भएको उपस्थित भएर कार्यक्रम सफल पार्न हुने सम्पूर्ण सहयोगी कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्र-भलादमी, पत्रकार,खेलाडी, तथा कलाकारहरु सम्पूर्ण कुवेतवासी नेपाली दर्शकहरुलाई सबैलाई बिशेष धन्यवाद दिदै अतिथी कलाकारहरु मिलन लामा र प्रकाश कटुवाल, आईतवार नेपाल फर्कने कार्यक्रम रहेको बताउनु भएको थियो ।