प्रबासी नेपाली मन्च कुवेतको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पुन. राज कुमार थापा फोटो सहित


केदार नाथ खरेल,कुबेत

12096547_1627470287505769_6063793237903792158_n२०१५ अक्टुबर ०९ कुवैत, “राष्ट्रिय एकता आजको आवस्यकता, अनेकतामा एकता प्रवाशी नेपालीहरुको प्रतिवद्धता” भन्ने मूल नाराका साथ नेकपा एमालेको भात्रृ संगठन प्रवाशी नेपाली मञ्च कुवैतको दोश्रो अधिवेशन खैतानको राजधानीमा केन्द्रबाट आउनु भएका नेकपा एमाले पोलिटब्युरो सदस्य तथा प्रवाश समन्वय ईन्चार्ज बिन्दा पाण्डेको प्रमुख आतिथी तथा मध्यपूर्व ईन्चार्ज एवं नेकपा एमाले केन्द्रिय कमिटी सदस्य श्रीप्रसाद साह तथा नेपाली दुतावास कुवैतका राजदूत श्री यज्ञ बहादुर हमाल पनि विशेष अतिथी सम्पन्न गरेको थियो।

कुवैतमा रहेका प्राय अधिकांश संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधी लगायत, बुद्धिजिवी, भद्र भलाद्ममी, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी तथा नेकपा एमाले प्रति आस्था राख्ने कुवैतमा रोजगारीका सिलसिलामा आउनु भएका अधिकांश दाजु भाई तथा दिदीबहिनीहरुको उल्येख्य रुपमा उपस्थिती थियो।विहान नौ बजे देखि अधिवेशन शुरु गर्ने भनिए तापनि विविध कारणले 10:30 देखि शुरु गरिएको थियो। अतिथीहरुको आशसन ग्रहण पछि अतिथीहरुबाट दिप प्रज्वलन गरी राष्ट्रिय गानबाट बजाइएको थियो त्यसपछि ज्ञात-अज्ञात सहिदहरुप्रति एक मिनेट मौन धारण गरेको थियो।

12115846_435848529940022_2106528048063282264_nकार्यक्रममा मञ्चका उपाध्यक्ष युवराज गैरेले स्वागत मन्तव्य दिएका थिए। त्यसैगरी अनिल रसाइली, माधब शर्मा, देव बहादुर भुजलले आ-आफ्नो संस्थाको तर्फबाट शुभ कामना मन्तव्य दिएका थिए। एन.आर.एन.ए. कुवैतका अध्यक्ष अर्जुन तामाङले पनि शुभकामना मन्तव्य दिएका थिए। नेपाली दुतावास कुवैतका राजदूत श्री यज्ञ बहादुर हमालले पनि शुभ-कामना मन्तब्य दिनु भएको थियो। त्यसैगरी ओमानबाट आएका नेकपा एमाले भात्रृ संगठन प्रवाशी नेपाली मञ्च, ओमानका उपाध्यक्ष रामहरी गिरीले ओमानमा के कसरी संगठन संञ्चालन गरिन्छ भन्ने ’boutमा प्रष्ट पारेका थिए।

विशेष अतिथीको रुपमा नेपालबाट कुवैतमा आउनु भएका मध्यपूर्व ईन्चार्ज एवं नेकपा एमाले केन्द्रिय कमिटी सदस्य श्रीप्रसाद साहले नेपालमा घोषणा भएको संविधान 2072 को ’boutमा र तराईमा हाल भई रहेको हिंसात्मक द्वन्दको ’boutमा कुवैतवासी जन समुदायलाई अवगत गराउनु भएको थियो। त्यसैगरी नेकपा एमाले पोलिटब्युरो सदस्य तथा प्रवाश समन्वय ईन्चार्ज बिन्दा पाण्डेले प्रवाशसँग सम्बन्धित राजनैतिक गतिविधी र नेपालमा नेकपा एमाले पार्टीको राजनैतिक लक्ष र उदेश्यको ’boutमा प्रष्ट पार्नु भएको थियो। नेकपा एमालेले प्रवाशी स्थित भात्री संगठनहरु बीच पुलको काम गरी सकेसम्म प्रवाशी नेपाली कामदारको हक र हितको लागि केन्द्रमा दबाव दिने वचन बद्धताको साथै शुभ-कामना मन्तव्य ब्यक्त गर्नु भएको थियो।

15891_435848796606662_6555245954106364067_nबीचमा खानपिन पछि फेरी मञ्चका अध्यक्ष राज कुमार थापाले स्थापना काल देखि प्रवाशी नेपाली मञ्च कुवैतले गरेको संगठानिक गतिविधी र सदस्यता नबिकरणको सम्बन्धमा राजनैतिक प्रतिवेदन पढेर सुनाएका थिए। साथै कोषाध्यक्ष निर बहादुर परियारले आर्थिक प्रतिवेदन पढेर सुनाएका थिए भने मञ्चका महासचिव झबिन्द्र प्रसाद बन्जाडेले संगठानिक प्रतिवेदन पढेर सुनाएका थिए।

12106833_1627470394172425_8687664673375571652_nत्यसपछि प्रवाशी नेपाली मञ्च कुवैतका नव गठित प्रतिनिधीहरुलाई प्रमुख अतिथी बिन्दा पाण्डेले नव सर्वसहमतीमा नव गठित कार्यसमिती तथा सल्लाहकारहरुलाई प्रमात्र पत्र प्रदान गर्नु भएको थियो भने श्री प्रसाद साहले दोषल्ला ओढाएर सम्मान गर्नु भएको थियो। अन्तमा नव निर्वाचित प्रतिनिधीहरुलाई बिन्दा पाण्डेले सपथ ग्रहण गराउनु भएको थियो ।उक्त कार्यक्रममा सभापतिको आसन ग्रहण प्रवाशी नेपाली मञ्च कुवैतका अध्यक्ष राज कुमार थापाले गरेका थिए भने मञ्चका महासचिव झबिन्द्र प्रसाद बन्जाडेले कार्यक्रम सञ्चालन गरेका थिए। सो कार्यक्रम ३:३० मा समाप्त भएको थियो।

नयाँ कार्यसमिती तथा सल्लाहकार
अध्यक्ष- राज कुमार थापा
प्रथम उपाध्यक्ष- अमृता बान्तवा
दितीय उपाध्यक्ष- युवराज गैरे
तृतिय उपाध्यक्ष- निर बहादुर नेपाली
महा सचिव- धिरेन्द्र जंग शाह
सचिव तथा सं वि. प्र. – पवन कुमार वली
सचिव- प्रेम बहादुर पुन
कोषाध्यक्ष- भक्त प्रवाशी
सदस्यहरु
केदार नाथ खरेल (प्रचार प्रसार विभाग)
सागर खड्का
नानुराज बराल
इन्द्रा बुढा(वली)
मोहन केसी
भरत न्यौपाने
सन्तोष गुरुङ
अक्कल बहादुर सुनुवार
श्रीधर अधिकारी
सुरेश अर्याल
गोविन्द तिमलसिना
डोल्मा तामाङ
दिपेन्द्र थापा
नारायण प्रसाद श्रेष्ठ
नबराज आचार्य
मान वीर लामा
उदास श्रेष्ठ
होम खतिवडा
कमल घिमिरे
सल्लाहकारहरु
अमृत गुरुङ
झबिन्द्र प्रसाद बन्जाडे
मेघनाथ अर्याल
ठाकुर प्रसाद पाण्डे
गणेश राउत
शिव कोइराला
ओम प्रकाश आचार्य
रुपेन्द्र (रुपेन) बिक्रम हमाल
उत्तम थापा

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.